रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुर्खेतमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा, रास्कोटका लाभग्राहीलाई सहज

सुर्खेत/ रास्कोट नगरपालिका, कालिकोटले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सहजताका लागि सुर्खेतमै बायोमेट्रिक नवीकरण शिविर सञ्चालन गरेको छ।

रास्कोट नगरपालिका स्थायी बसोबास भई हाल सुर्खेत, नेपालगञ्ज तथा आसपासका क्षेत्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ताहरूलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिका–सुर्खेतस्थित बुलबुले पेट्रोल पम्पको भिटातिर  रहेको होटल टिकटकमा शिविर सञ्चालन गरिएको हो।

बुधबार रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) को उपस्थितिमा शिविरको शुभारम्भ गरिएको हो। शिविरमार्फत लाभग्राहीहरूले छिटो, सहज र प्रभावकारी रूपमा सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक नवीकरण सेवा प्राप्त गरिरहेको नगरपालिकाले जनाएको छ।

रास्कोट नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख हुकुम शाहीका अनुसार नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तर हाल सुर्खेत तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका लाभग्राहीलाई गाउँसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

वृद्धवृद्धालाई केवल परिचयपत्र नवीकरणकै लागि रास्कोट पुग्नुपर्दा आर्थिक भारसँगै पारिवारिक झन्झट पनि हुने भएकाले प्रत्येक वर्ष सुर्खेतमै शिविर सञ्चालन गर्दै आएका छौं शाहीले बताए।

नगरपालिकाका अनुसार सुर्खेतमा मात्रै करिब दुई सय जना रास्कोटका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही रहेका छन्। उनीहरूलाई गाउँ पुगेर नवीकरण गर्दा एक जनालाई यातायात, बसोबास र अन्य खर्च गरी न्यूनतम ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च हुने गरेको थियो।

शिविरबाट सेवा लिन आएका वृद्धवृद्धाले सुर्खेतमै नवीकरण सेवा उपलब्ध भएपछि समय, खर्च र सास्ती तीनैबाट राहत मिलेको प्रतिक्रिया दिएका छन्।

नगरपालिकाले सेवाग्राहीमैत्री सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित सबै लाभग्राहीलाई तोकिएको समयभित्र उपस्थित भई बायोमेट्रिक नवीकरण गराउन अनुरोध गरेको छ।नगरले शिबरमा पुग्न नसक्ने अशक्त , जेष्ठ नागरिक सहायता  नरहेका  बृद्वहरूले फोन सम्पर्क गरे घरघरै गएर पनि नबिकरण गरिने साखा प्रमुख शाहिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !