रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमै एक साताभित्र मालपोत तथा नापी सेवा सञ्चालन हुने

कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा अबको एक साताभित्र रास्कोटमै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको रास्कोटका मेयर धर्मराज शाहीले जानकारी दिनु भएको छ ।

स्थानीयस्तरमै भूमि प्रशासन कार्यालय सञ्चालनमा आएपछि रास्कोट नगरपालिकाका नागरिकले जग्गासम्बन्धी विभिन्न कामका लागि जिल्ला सदरमुकाम मान्मसम्म धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको  मेयर शाहीले बताए ।

सेवा सञ्चालनमा आएपछि भूमि प्रशासन कार्यालय कालीकोटमा फोटो तथा बायोमेट्रिक भएका व्यक्तिको नाममा रहेका जग्गासम्बन्धी अंशबण्डा, अंशभरपाई, बकसपत्र, नामसारी, राजीनामा, सट्टापट्टा, जग्गाको धितोबन्धक, रोक्का तथा फुकुवा लगायतका काम स्थानीयस्तरबाटै हुने शाहीको  भनाई छ  ।

त्यस्तै, नापी शाखाबाट कित्ताकाट, नक्सा प्रिन्ट, फिल्डबुक तथा प्लट रजिस्टर उतार, फिल्ड रेखांकन लगायतका सेवा पनि उपलब्ध हुने बताइएको छ।

रास्कोटमै मालपोत तथा नापी सेवा सञ्चालनमा ल्याउन जिल्ला स्थित भुमि प्रशासन कार्यालयका प्रमुख सन्जय कठाएतले रास्कोटका मेयर शाहीसंग भेट गरि   छलफल गर्नु भएको छ । स्थलगत निरक्षण पछी भेटमा रास्कोटका मेयर।शाहीले तत्काल एक हप्ता भित्र सेवा संन्चालनमा ल्याउन  आग्रह गरेकन छन ।  रास्कोटसँगै आसपासका स्थानीय तहका नागरिकलाई समेत भूमि प्रशासनसम्बन्धी सेवा लिन सहज हुने विश्वास गरिएको छ। यसबाट नागरिकले स्थानीयस्तरमै सरल, सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !