रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

. कृषकको लगानी सुरक्षित गर्न कर्णाली सरकारको पहल, कृषि बीमासम्बन्धी अभिमुखीकरण सम्पन

कर्णालीमा कृषि बीमासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

सुर्खेत। कर्णाली प्रदेशमा कृषि तथा पशुपालन क्षेत्रको जोखिम न्यूनीकरण, कृषकको लगानी सुरक्षा र कृषि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदेशस्तरीय कृषि बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।

वीरेन्द्रनगर, सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री माननीय जुम्कित लामा (कार्की)ले गर्नुभएको हो।

कार्यक्रममा संघीय सरकारअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. चन्द्रप्रसाद रिसाल, उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, नेपाल बीमा प्राधिकरण तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि, मन्त्रालयअन्तर्गतका कृषि विकास कार्यालय तथा पशु अस्पताल एवं पशुसेवा कार्यालयका प्रमुख र प्रतिनिधि, कृषक, पत्रकार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रमा आइपर्ने प्राकृतिक तथा अन्य जोखिमबाट कृषकलाई सुरक्षित राख्ने, कृषि क्षेत्रमा गरिएको लगानीको संरक्षण गर्ने र कृषि बीमाबारे जनचेतना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ।

कृषि बीमा सेवाको पहुँच विस्तार गर्दै कृषकलाई बीमाप्रति आकर्षित गर्ने र कृषि तथा पशुपालन व्यवसायलाई थप सुरक्षित, व्यवस्थित एवं दिगो बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !