रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

    दैलेख। बिरामी लिएर सुर्खेत जाँदै गरेको बोलेरो गाडी दैलेखमा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा मिति २३ गते बिहान कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा परी गाडी चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्।सिमखाडाको अबस्था चिन्ताजनक  रहेको छ ।

त्यस्तै, सोही ठाउका  १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ४१ वर्षीय रने सार्की, बिरामी रहेकी २७ वर्षीया कैशी सार्की र सान्नी त्रिवेणी गाउँपालिका–६ निवासी ३६ वर्षीया जादुकला सार्की घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलबाट सबै घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !