भदौ १५ कालिकोट / संसदीय ब्यबस्थाकाे अन्त्य गरि बैज्ञानिक समाजबाद ल्याउने आफ्नो पार्टीको शिद्वान्त रहेकाे बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य तथा अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्ताेला कञ्चनले बताउनुभयो ।
कुनै ब्यक्ति सँगकाे लडाइ भन्दा पनि ब्यबस्था सँगकाे लडाई केन्द्रित रहेको कालिकोट पुग्दै गर्दा स्वागत कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे ।
नेता वास्ताेलाले घर घरमा सिंहदरवार गयाे भनिन्छ याे ब्यवस्था राणा देखि पन्च्यातकाल हुदै राजतन्त्र जारी रहेकाे ब्यवस्थालाई परिवर्तन भयाे भनी कुप्रचार गरिएकाे वताउनुभयाे ।
जनताकाे हातमा राजनिति पर्णालि नआयकाले आफ्नाे बिद्राेह जारी रहेकाे वताउनुभयाे । हाल चलिरहेकाे संसदिय ब्यवस्थाकाे अन्त्य नहुदा सम्म र प्राकृति स्राेत र जनताकाे श्रमलाई नजाेडे सम्म जनताकाे मुक्ति सम्भव नहुने वताउनुभयाे । प्राकृति स्राेत बिदेशिकाे हातमै भएका कारणले नेपाल गरिविकाे रेखामुनि रहेकाे दावि गर्नु भयाे ।
केन्द्रीय स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्ताेलाकाे साथमा केन्द्रीय सचिवालय सदस्य एटम बिसि, जिल्ला ईन्चाज कर्णबहादुर भण्डारी बिराट, जिल्ला सेक्रेटरी मनिलाल ऐडि,नरहरिनाथ गाउकमिटिका ईन्चाज पदमबहादुर बिश्वकर्मा साहासि, युवा स्वयंसेवक गर्जन बुढा लगाएका नेताहरु कालिकाेट आईपुग्नु भएकाे हाे । पार्टीको कार्यक्रममा कालिकाेट पुग्नु भएकाे जन पत्रकार संगठनका अध्यक्ष कर्ण बिश्वकर्माले बताउनु भयाे ।