भदौ १५ कालिकोट जिल्लाको सान्नि त्रिबेणि गाउपालिका वडानं. २ आम्तडाको उकालोमा ब्रेकले काम नगरेपछि क १ ज २३ नम्बरको बोलेर जिप दुर्घटना भयो । दुर्घटना पछि जिपमा सँवार ११ जना मध्य गाडि चालक बिक्रम गिरीको मृत्यु भयो भने ११ जना घाइते भए, तत्काल घटना स्थलबाट उनिहरुको उद्धारमा आफुहरु संलग्न भएको पलाँता ९ का ललितजंग बमले बताए । ललितजंग बम र पँचालझरना गाउपालिका वडानं. ९ तिर्खाती घर भएका कराँते खेलाडि प्रेमसिंह तिरुवा आफुहरु दवै जना वाइकमा सँवार भएका कारण तत्काल उद्धारमा खटेको बताए ।
सान्नित्रिवेणि गाउपालिका देखि बिरामी बोकेर आएको बोलेर जिप सान्तिघाटमा आएपछि थप यात्रुहरुलाई बोकेर जितेगडा आउने क्रममा आम्तडा भिरको उकालो बाटोमा ब्रेकले काम गर्न नसकेर ब्याक भएपछि गाडि चालकले कन्ट्रोल गर्दा गर्दै नदिमा खस्ने गाडि ब्याक हुदै खोलामा खस्ने निश्चित भएपछि चालक हाम फाल्ने क्रममा गाडिबाट उछुट्एिर चालकको मृत्यु भएको हुनसक्ने उद्धारमा संलग्न ललितजंग बमको भनाई छ । उद्धार गरिएका ११ जना घाइतेको तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लिन जिल्ला प्रशासन कार्यालय कालिकोटद्धारा सिफारिस तथा जानकारी गरिएपनि मौषमका कारण हेलिकप्टर आउन नसक्दा उद्धारमा कठिनाइ तथा ढिलो भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताए ।
मौषम प्रतिकृल्ताका कारण सुर्खेत देखि नेपाली सेनाको हेलिकप्टर आउन नसकेपछि जिल्ला अस्पताल कालिकोटमा घाईतेहरुको उपचारका लागि उद्धार गरिएको थियो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरि, शसस्त्र प्रहरि, स्वास्थ्यकर्मि तथा अन्य नागरिकहरुको सक्रियतामा बिहान ११ बजे भएको घटनाका घाइतेलाई बेलुकी ६ बजे जिल्ला अस्पताल कालिकोटमा पुर्याइएको थियो । अस्पताल पुर्याइएका ११ जना घाइतेहरु मध्य चेकजाँच तथा उपचारको क्रममा २ जना बाहेक अरु सवै सामान्य रहेको डा. किरण शाहीको रहेको थियो । गम्भिर घाईते हुनेहरुमा टेक तिरुवा र लक्ष्मि बराल रहेका छन् ।
उनिहरुको थप उपचारका लागि घटना भएको भोलिपल्ट सुर्खेत देखि नेपाली सेनाको हेलिकप्टर आएर सुर्खेत लगिसकेको र समाचार तयार पारुञ्जेल सम्म उनिहरुको उपचार भइरहेको मुख्यमुन्त्रिका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आर्चायले बताए ।
ललितजंग बम किन घटनामा प्राय भेटिन्छन् ?
कालिकोट जिल्लाको पलाँता गाउपालिका वडानं. ९ निवासी ललितजंग बम प्राय कर्णाली करिडोरमा यो भन्दा अगाडि भएका गाडि दुर्घटनाका प्रत्यक्ष दर्र्शि भयर उद्धार कार्यमा संलग्न हुने एक जना ब्यक्ति हुन् । उनले गएको शालमा राष्कोट नगरपालिकाले कोभिड १९ को बेला भारतबाट आएका नगरबासिहरुलाई जितेगडा देखि राष्कोट लैजाने क्रममा लालिघाटमा टिप्पर चालक र यात्रुहरु बिच बिबाद हुँदा चलिरहेको टिप्पर छोडेर चालक भागेपछि टिप्पर नदिमा खस्ने बित्तिकै ललितजंग बमले नदिको भेलमा गएका महिलाहरुलाई उद्धार गरेका थिए ।
उनले उद्धार गरेका २ जना महिलालाई नदिको छालमा ल्याउदै गर्दा उनिहरु दवै जनाको मृत्यु भएको थियो । त्यस्तै ललितजंग बम हरेक दुर्घटनाका घाईतेहरुलाई उद्धार गर्न आफनो जिन्दगिलाई बाजि राखेर उद्धार गर्ने गर्दछन् । उनले यतिवेला पनि दुर्घटना भएको जिपमा आफु सान्तिघाटबाट चढेर आउन खोजेको भएपनि गाडिमा बस्ने ठाउ नभएपछि आफु कराँते गुरु प्रेमसिंह तिरुवाको वाइकमा आएकोले गाडि अगाडी आफुहरु पछाडी आएकाले बालेरो जिप दुर्घटना हुने बितिकै आफुहरु उद्धारमा लागेको बमको भनाई छ । दुर्घटना भएको जिपले चालकलाई च्यापेको थियो आफुहरुले जिपलाई उल्टो पारेपछि मात्र लाश बाहिर तान्न सफल भएको बताए ।
उनले भने ११ जनालाई आफु लगाएत प्रेम र अन्य नानीकोटका १ जना थिए उनले पिठ्उिमा बोक्दै बाटोमा उद्धार गरेउ, उद्धार गरेको ५ मिनेट पछि बाक्लो पानि पर्यो, त्यसपछि मैले जिप्रका १०० नम्वरका फोन गरी जानकारी गरे अनि प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गरे त्यसपछि पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्षलाई जानकारी गराए मेरो चाहाना भनेको चालकको त मृत्यु भैसकेको थियो । ११ जना घाइतेलाई तत्काल हेलिकप्टरबाट उद्धार गर्न पाएको भए सवैको ज्यान बचाउन सकिन्थ्योकी भन्ने मात्र उद्धेश्य थियो । तर मौषमका कारण हेलि आउन नसकेपनि जिल्ला स्तरबाट सरोकारवालाहरुको हेलिको प्रखाइका कारणले हो या अन्य कुनै कारण हो बिहान ११ बजे घटेको घटनाका घाइतेलाई साँझको ६ बजे जिल्ला अस्पताल पुर्याउनु दुखत कुरा भएको बताए ।
उनले भने बिगतमा बर्खाको नदिमा हाम फालेर भेलमा गएकी दुई जना महिलालाई उद्धार गर्दा गर्दै उनले पानि खायर उनिहरुको मृत्यु भयो । यसरी आफनो ज्यानलाई जोखिममा राखेर उद्धार कार्यमा लागेपनि सरोकारवालाहरुले कुनै पनि धन्यबाद नदिदा आफुलाई दुख लागेको बताए । ललितजंग बम सानै उमेर देखि इमान्दार, अरुको भलोका लागि चिताउने दयालु स्वभाव भएको सानै देखि सामाजिक सेवामा निरन्तर लाग्ने एक जना युुवा भएकाले पनि यस्ता कार्यमा ज्यानै फालि अरुको सेवा गर्ने गरेको बमलाई चिन्नेहरुको भनाई छ ।
ललितजंग बमले राष्कोटको टिप्पर घटनाका घाइते होस, बाटोमा भेटिएका बिरामीहोस, प्रसव पिडाले मरणासन्न अबस्थामा अस्पताल ल्याउदै गरेकि महिलाहोस, रगत बगेर मृत्युको मुखमा पुगेको महिलाहरुलाई आफनो ब्यक्तिगत खर्च गरेर भएपनि उद्धार गर्ने गाडि मिलाउने र अस्पतालमा पुर्याउने जस्ता उदारणीय काम गर्ने उक युवा हुन् । उनको कामलाई देखेर धेरै जिल्लाबासिहरु खुशि छन् । स्याबासि दिन्छन् आगामि दिनमा पनि ललितजंग बमलाई यस्ता काममा पछि नपर्न अनुरोध गर्छन् । ललितजंग बमले पनि आफु सक्दो सहयोग गर्ने बताउदै सवैले यस्ता कार्यमा लाग्नु पर्ने बताए ।
त्यस्तै पँचालझरना गाउपालिका वडानं. ९ निवासि कराँते गुरु पे्रमसिंह तिरुवा पनि यस्ता कार्यमा जहिले पनि अग्रसर हुने युवा हुन् उनले पनि धेरै दुखत घटनामा निरन्तर सामाजिक सेवामा लाग्ने गछन् भने हरेक विपदमा पनि अग्रसर भई उद्धार कार्यमा संलग्न हुने गर्दछन् । यतिवेलाको आम्तडा जिप दुर्घटनाको बेला पनि रगतमा मुछिदै घाइतेहरुको उद्धारकार्यमा लागेको फोटाहरु सामाजिक सञ्जालमा देखेपछि जिल्लाबासिले धन्यबाद दिएका छन् । यसरी जहिले पनि उद्धारकार्यमा सवैभन्दा छिटो खटिने युवाहरुलाई कुनै पनि निकायले प्रसंशा पत्र दिदा के खेर जालार ?