रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

दलाल संसदीय ब्यबस्थाकाे विकल्प : वैज्ञानिक समाजबाद

१६ भाद्र,कालिकोट । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन)ले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भएको छ ।

वुधवार कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता कंचनले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गर्नु भयो ।

नेता कंचनले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो नेता र सरकार वनेपनि नेपालमा जनताले अनुभूति हुने गरि परिवर्तन नहुने वताउनु भयो ।

उहाँले जनताले अनुभूति हुने गरि परिवर्तनका लागि जनमत संग्रह गरि नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा राख्नु भयो ।

नेता कन्चनले प्रशिक्षणका क्रममा राजनैतिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद, दर्शन शास्त्र, सैन्य विज्ञान, एकीकृत जनक्रान्तिको कार्यदिशा र विज्ञान प्रविधिको विकासका विषयमा प्रष्ट्याउनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपाका नेता एटम विसीले पार्टी क्रान्तिकारी नभए सम्म क्रान्ति विजय नहुने वताउनु भयो । उहाँले त्यसका लागि पार्टी कार्यकर्तालाई सक्षम वनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज बिराट, युवा जनस्वयंसेवकका भुकम्प र जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्रको समेत आतिथ्यता रहेको थियो ।

जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य शाहसीले गर्नुभएको थियोे । प्रशिक्षण कार्यक्रममा जिल्ला भरका दुई सय बढी अगुवा नेता कार्यकर्ताको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !