लोकतान्त्रिक शासन ब्यवस्थामा हरेक निकायले कानुनअनुसार चल्नु र पालना गर्नु दायित्व हो । सत्ताको स्वयच्छाचारीता र मनपरिले नागरिकको अधिकार हनन् हुन सक्ने भन्दै खास गरि लोकतन्त्र स्थापना पछि नेपालको संसदले सूचनाको हक सम्बन्धि एेन २०६४ र नियमावली २०६५ जारि भएको अबस्था छ । नागरिकले सूचना पाउँदा नागरिक शसक्तिकरण बढ्छ र नागरिक जागरुक भए अनियमितता , मनपरि र स्वयच्छाचारीता हट्छ भन्ने उदेश्यले जारि यि एेन नियम राज्यले बनाउने कानुन अरू भन्दा फरक छन । किन भने अन्य कानुन नागरिकले पालना गर्ने र राज्यले कार्यान्वयन गराउछ तर सूचनाको हक सम्बन्धि एेन नियम नागरिकले राज्यलाई कार्यान्वयन गराउछन र एक प्रकारको राज्यले अाफु बिरूद्व अौला ठडियोस भनेर बनाएको हुन्छ । कानुन बनाए पनि यसको कार्यान्वयनमा अौपचारिक्ता मात्र देखिन्छ । कोहि सार्वजनिक निकाय सहज रूपमा जनताको कठघेरामा उभिएर म अाफ्ना सृवाग्राहिसंग समिक्षा गर्छु र अालोचना र अात्मालोचनाका माध्यमबाट अगाडि बढ्छु भनेर भन्न सक्दैन र बरू जनताका बिचमा उभिएर गुनासो सुन्नु भन्दा अौपचारिकता पूरा गर्ने कुरामा केन्द्रित हुन्छन । एेनको बाध्यता पूरा गर्न अज अधिकांश निकायले त अज अान्तरिक रूपमै कागज मिलाउने गरेको पनि प्रशस्तै छ ।हरेक सार्वजनिक निकायले वर्षमा कम्तिमा पनि हरेक चार चार महिनामा सार्वजनिक सुनुवाई गर्नु पर्ने भए पनि सार्वजनिक स्थलमा कार्यक्रम गरेर सार्वजनिक सुनुवाई अायोजना गरि गुनासो सुन्ने प्रणालीको बिकास गर्न अजै नसकेकोअबस्था छ । तर सबै कालिकोटका स्थानिय तहहरू मध्यमा पनि कसैले पनि यसरी सार्वजनिक सुनुवाई गर्दैनन् बरू अाफुलाई चाहिने कागजी डकोमेन्ट बनाउ नक्कलि काम गरि रहेका हुन्छन । यो हिसावले कालिकोटको पचालझरना गाउँपालिका पहिलो नै हो ।अार्थिक वर्ष २०७७/७८ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा नागरिकले स्थानिय सरकारले कृषि, पशु िशक्षा र स्वास्थ्य तथा भौतिक पुर्वाधारमा बिनियोजित बजेट कार्यान्वयनमा समिक्षा सहित गुनासो राखेका छन । पचालझरना गाउँपालिकाको अायोजनामा र रेडियो प्रदेश अावाजको समन्वय तथा सहजिकरणमा अायोजित सार्वजनिक सुनुवाईमा नागरिकबाट उठेका सवालको जवाफदेहि बक्ताहरू गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल , उपाध्यक्ष तारा न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौड्याल, लेखा साखा प्रमुख नविन कुमार पाण्डे, प्रबिधिक साखा प्रमुख इन्जिनियर बिप्लव भट्ट, पशु स्वास्थ्य साखा प्रमुख बिरेन्द्र बम , स्वास्थ्य साखा प्रमुख बिरेन्द्र संज्याल ,शिक्षा साखा प्रमुख नमराज शाहीले उठेका सवालको जवाफ दिएका छन । त्यहाँ नागरिकले भैातिक पुर्वाधारका काम भन्दा प्रदेश सरकारद्वारा संन्चालित अायअार्जनका कामहरूमा बढि कुरा उठाएका छन । कार्यक्रमको सहजिकरण अधिबक्ता उमाकान्त न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमको रेडियो प्रदेश अावाजले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रत्नलाल न्यौपाने , दूईका अध्यक्ष करबिरे कामी , तिनका लोकजन कठाएत, चारका अनरूप रोकाया, पाचका बिर्षलाल अाचार्य, छ का धनपति बुढा , सात का सर्पसिंह बोहोरा ,अाठ का डम्बरे कामी ,नाै काअध्यक्ष जोरे तिरूवा पनि पनि जवादेहिबक्ता रहेका थिए ।