कालिकोट जिल्ला सदरमुकाम खाडाचक्र अबस्थित सरुवा रोग अस्पतालमा जडित जिन एक्पर्ट मेसिनको औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले उद्घाटन गर्नु भएकाे हाे । ४ वटा खकारको नमुनाको कार्ट्रीज मेसिनमा राखी आज समुद्घाटन गरिएको हाे ।कार्यक्रममा निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनार को अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाह,प्रमुख अनुसन्धान अधिकृत राम अचल साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज बिस्ट लगायत संञ्चारकर्मीहरु,स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका का ल्याव टेक्निसियन अधिकृत भिम रोका ,सेभ द चिल्ड्रेनका प्रदेश संयोजक मिलन महर्जनको आतिथ्यता मा उद्घाटन गरिएकाे कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका का चिकित्सा शाखा प्रमुख .डा.किरन शाही लगायतका कर्मचारीहरुको उपस्थिति रहेकोे थियाे ।उक्त उद्घाटन कार्यक्रमको संञ्चालन जन स्वास्थ्य अधिकृत गौरा कुमारी घर्ती मगरले गर्नुभएको थियोे । कलिकाेटमा जिन एक्सपर्ट मेसिन अाजदेखि नियमित सन्चालनमा अाउने भएकाले अब देखि क्षयराेगकाे संका लागेका ब्यक्तिले जिन एक्सपर्ट परिक्षणका लागि जुम्ला तथा सुर्खेत जान नपर्ने भएको छ ।यसले कालिकोट जिल्लामा क्षयरोग परिक्षणको क्षेत्रमा गुणात्मक फड्को मार्ने देखिन्छ ।याे कालिकाेट बासिका लागि ठुलो उपलब्धि भएको स्वास्थ्य सेवा कार्यालय कालिकाेटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयाे । साथै जिन एक्सपर्ट मेसिन उपलब्ध गराई सहयोग गर्ने राष्ट्रिय क्षयराेग निवारण केन्द्र ठिमी, भक्तपुर ,स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत ,सेभ द चिल्ड्रेन ,किड्स नेपाल प्रति जनस्वास्थ्य अधिकृत महतले धन्यवाद दिनुभयाे ।