सुर्खेत । प्रेस सेन्टर कालिकोटको तेस्रो सम्मेलन कात्तिक २५ गते हुने भएको छ । प्रेस सेन्टर कालिकोटका संयोजक अर्जुन भट्टराईको अध्यक्षता तथा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ कर्नाली प्रदेसका अध्यक्ष देबिराम देबकोटाको उपस्थितिमा बसेको बैठकले कात्तिक अन्तिम साता(२५ गते) तेस्रो जिल्ला सम्मेलन गर्ने र तिहार अघि स्थानीय तह(पालिका)सम्मेलन सम्पन्न गर्ने संयोजक भट्टराईले बताउनु भयो।बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रमेश रावल,रत्न कार्की ,अशाेक सिंह को समेत उपस्थिति रहेको बताइएको छ।सो बैठकमा बिगतको समीक्षा समेत गरिएको थियो ।तेस्रो जिल्ला सम्मेलन बाट नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । जिल्लाभर रहेका माओवादी केन्द्र निकट पत्रकारहरुको सदस्यता नवीकरण तथा बितरण गर्ने बताइएको छ । कर्नाली प्रदेशको सम्मेलन कात्तिक ३० गते हुने र राष्ट्रिय महाधिवेशन मंसिरमा हुने आयोजकले जनाएको छ ।प्रदेशमा रहेका नेताहरूको कार्यबिभाजन पनि गरिएको छ । अागामि २५ गते जिल्लाभेला अायोजना गर्ने तयारी गरेको प्रेस सेन्टरले महावैमा, र तिलागुफामा अशोक सिंह र रूपेन्द्र एेडी,नरहरिनाथमा केन्द्रीय सदस्य रमेश रावल , पलाता र पचालझरनामा केन्द्रीय सदस्य मनिका बोहोरा, जिल्ला अध्यक्ष अर्जुन भट्टराई , प्रेस सेन्टर कालिकोटका पुर्व अध्यक्ष रूपेन्द्र एेडीको जिम्मेवारी तोकिएको छ । यस अघि जिल्लाको रास्कोट ,सान्नित्रिर्बेणी , शुभकालिकामा सम्मेलन सम्पन्न गरीसकेको छ ।