रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

वडा जस्तै पालिका अधिवेसन पनि सहमतिमा गर्नु : शाही/ बुढा

वडामा जस्तै नगर र प्रदेश , केन्द्रमा पनि सहमतिय प्रणालिबाट पार्टी नेतृत्व छनोट गर्न अाम पार्टीपंक्तिमा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्रि तथा माअोबादी केन्द्रका कर्णाली प्रदेशका सहईन्चार्ज महेन्द्र बहादुर शाहिले अाग्रह गर्नु भयो । यहि महिनाको ४ गते देशभरका वडा सम्मेलन सम्पन्न गरेको नेकपा माअोबादी केन्द्र अन्तरगत कालिकोट जिल्ला समन्वय कमिटीले अायोजना गरेको भ्रचुअल बैठकलाई सम्बोधन गर्दै ईन्चार्ज शाहीले मत बिभाजनले पार्टीमा स्थाई धार र गुट सिर्जना गर्ने भएकाले बिभाजित नहुन र एक भएर सहमतिका अाधारमा सम्मेलन सम्पन्न गर्न अाग्रहगर्नु भयो। यहि क्रममा अाउदो ११ गते देसभर पार्टीको पालिका अधिबेसनमा जुट्न पनि शाहीले अाग्रह गर्नु भयो ।उहाले अान्तरीक लोकतन्त्रको हवला दिएर पार्टीका अधिवेसन गर्न थाले पछि अन्य दलमा मौलाएको अनुसासन बिहिन्ताको जस्तो अराजक्ता माअोबादीमा अाउन दिन नहुने बताउदै शाहीले सबै पालीकामा सहमतिमा जिम्मेवारी बाडफाड गरेर टुंगो लगाउन अाग्रह गर्नु भयो । कांग्रेस एमालेले सहमतिमा अधिबेसन सम्पन्न गरि सुदृढ भईरहेका बेला अाफ्नो कार्यकर्ताले तछाडमछाड गरेर चुनाव गराउने र मत बिभाजन तिर लाग्न नहुने तर्क गर्नु भयो । सम्पन्न बैठकमा कालिकोटमा रहेका नौ वटै पालीकाका पार्टि प्रमुखहरूले रिपोट राखेका थिए। रिपोटमा पलाताका पार्टी अध्यक्ष बिष्णु रोकाया, पचालझरनाका पौरख बिक , रास्कोटका धर्मराज शाही पोषण, सान्नि त्रिर्बेणिका सचिव नारायण शाही,नरहरीनाथका ईन्चार्ज अग्र बिष्ट शुनिल, खाडाचक्रका धनलालअधिकारी, तिलागुफाका दिनेस चदारा र महाबैका सह ईन्चार्ज बिनिता शाही ,सुभकालिकाका जय ब महताराले रिपोट राखेका थिए । रिपोटका क्रममा पार्टीलाई गाउगाउमा व्यापक बिस्तार गरि पालिका अधिबेसनको व्यापक तयारी भएको बताएका छन ।रिपोट पछि बैठकलाई सम्बोधन गर्दै माअोबादी केन्द्रका नेता रास्ट्रियसभा सदस्य जीवन बुढाले पनि मुख्यकुरा बिचार र पार्टीको जित भएकाले पार्टीभित्रको प्रतिस्प्रदा अन्य पार्टीसंग चुनाव लड्न लागेजसो हुन नहुने र हुन पनि नदिने बताउनु भयो । नेता बुढाले संगठन भावना सहितको एकताको मजबुद संगठन अहिलेको अाबश्यक्ता भएको बताउनु भयो । वडा र पालिका सम्मेलन सम्पन्न गर्न कालिकोट केन्द्रित भएका नेताहरू सहमतिकै पक्षमा देखिएका छन । बैठक माअोबादी केन्द्र जिल्ला समन्वय कमिटीका संयोजक धनजित शाहीको अध्यक्षतामा सम्पन्न भएको हो । सबै पालिका अधिवेसन पनि सहमतिमा सम्पन्न गर्न कालिकोटमा रहेका माथिल्लो तहका नेताहरू सहमत भैसकेको बुझिएको छ । पालिका सम्मेलन सम्पन्न गर्न पुर्व कालिकोट पार्टी अध्यक्ष रहेका संसद दुर्ग रावत र पणरदेश कमिटी सदस्य सैलेन्द्र पुर्बि भेक तर्फ र जीवन बुढा र धनजित शाहि पश्चिम भेकमा खटीने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !