प्रबेस नभएकाहरूको नाम सार्वजनिक गरेर नेकपा माअोबादी केन्द्र पचालझरना गाउपालीकाले गरेको प्रचारबाजी गलत भएको र अाफ्ना नेता कर्णबिर टमट्टा कांग्रेसमै रहेको दाबि गर्दै नेपाली कांग्रेस कालिकोटले निकालेको बिज्ञप्तीको एक दिन नबितेकै स्वयम् कर्णबिर टमट्टाले जवाफ दिएका छन भ्रमको खेती भन्दै कांग्रेस कालिलकोट जिल्ला कमिटी सदस्य पचालना बासी बिष्णु प्रसाद न्यौपानेले निकालेको बिज्ञप्ति झुटो साबित गर्न कर्ण वीर टमट्टा नेकपा माअोबादी केन्द्रको प्रदेश सम्मेलनमा प्रतिनिधि बनेको फोटो सामाजिक सन्जालमा बाहिरिएको छ । प्रबेस भएका छैनन भन्नेले राम्रोसँग हेर्नु हाेला भन्दै पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकासले २०७० काे निर्वाचन मा नेपाली कांग्रेस कालिकोट बाट समानुपातिक उम्मेदवारको सुचिमा परेका कर्णबिर टमट्टा प्रदेश सम्मेलनमा सहभागी भएर माअोबादीमा लागि सकेको दाबि गर्दै फोटोपोस्ट गर्नु भएको छ ।
कालिकाेट जिल्लाकाे पचालझरना गाउपालिकामा नेपाली काँग्रेसका ५० घरधुरी नेकपा माओबादी केन्द्रमा प्रवेश भएकाे भन्ने भ्रामक प्रचारबाजी गरिएकाे प्रति हाम्राे गम्भीर ध्यनाकर्षण भएकाे भन्दै कांग्रेस कालिकोटले बिज्ञप्ती जारी गरेको थियो । नेपाली काँग्रेसका २०७० सालका समानुपातिक उम्मेद्वार कर्णबिर टमट्टा, वडा नं ४ का सभापती मणीप्रसाद न्याैपाने लगायतकाे नाम अनाबश्यक राखेर भ्रमकाे खेती गरिएकाे भन्दै जारी बिज्ञप्तीको खण्डनअाफै भएकोभन्दै अध्यक्ष सेजुवालल चुनौति दीएका छन । नेपाली काँग्रेसका जिल्ला सदस्य भानुभक्त संज्याल एक जना मात्र माओबादी भएको कांग्रेसको दाबि जिल्ला र गाउमा गएर दिने कांग्रेस परीत्याग गरेका भानुभक्त संन्ज्याल , नमराज सन्ज्याल कर्णबिर टमट्टाले बताएका छन ।