रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

के हुँदै छ माअोबादी प्रदेश सम्मेलनमा, को को छन नेतृत्वको अाकाक्षी

नेकपा माअोबादी केन्द्रको कर्णाली प्रदेस प्रथम सम्मेलनको दोसो दिन बन्दसत्रका कार्यक्रम सुरू भएका छन । बन्दसत्रबाट अागामि पार्टी नेतृत्वको बिषयमा छलफल हुने जनाईएको छ । बन्दसत्र सन्चालनका लागि गठित समितिले कार्यक्रम अगाडि बढाईसकेको छ । कर्णाली प्रदेस सम्मेलन अायोजक समितसले तयार पारेको राजनितिक प्रतिबेदन अायोजक समितिका अध्यक्ष राजकुमार शर्माले पेस गरे पछी त्यस बिषयमा समुहगत छलफल हुने जनाईएको छ । राजनितिक प्रतिबेदन पेस भए पछी १० जिल्लाबाट सहभागी प्रतनिधिलाई ११ वटा समुहमा बिभाजन गरेर छलफल गर्ने र निस्कर्ष हलमा पेस हुने जनाईएको छ ।
अध्यक्ष रामदीप अाचार्य नेतृत्वको अध्यक्ष मण्डलको टोलिका तर्फबाट पार्टी केन्द्रय सदस्य तथा अध्यक्ष मण्डलका सदस्य कर्णाली प्रदेशका अार्थिक मामिला मन्त्री बिन्दमान बिष्टले कार्यक्रम सुरू गर्नु भएको छ । अध्यक्ष मण्डलको सदस्यमा बिमला केषी र बिष्णु बिक ,कार्चेा लामा रहेका छन । सम्मेलनमा पार्टी केन्द्रीय समितिको नीति अनुसार मत बिभाजन हुने गरि प्यानल प्रस्तुत र अाकाक्षा राख्न नपाईने गरी गरिएको ब्यवस्थाका कारण नेतृत्व लिने अाकाक्षि धेरै रहे पनि मुख खोलेर अाकाक्षा ब्यक्त गर्न कसैले नसके पनि भित्रभित्रै अाकाक्षा मुरमुरीएको देखिन्छ यसअघि अध्यक्ष रहेका रूकुम पश्चिमका राजकुमार शर्मा अार्ट र सचिव रामदीप अाचार्य शर्मा रहेकाले उनिहरूकै नेतृत्वमा प्रदेश कमिटीलाई पदपुर्तिको माध्यमबाट अगाडी बढ्ने या सबै पदाधिकारी नया चुन्ने भन्ने बिषयमा व्यापक छलफल हुने जनाईएको छ। कर्णाली प्रदेसमा बिगतको साबिक क्षेत्र र भेकको प्रतिनिधित्व सुनिश्चित हुने गरि नेतृत्व समाबेसि सिद्वान्तका अाधारमा तय हुनु पर्ने बन्दसत्रमा सहभागी प्रतनिधिहरू बिच कानेखुसि चल्न थालेको छ । केही जिल्लागत तहका नेताहरूले भुमिका बिषयमा लभिङ समेत सुरू गरीरहेका छन । साबिक भेरीअञ्चलका रूकुम पश्चिम ,सुर्खेत,सल्यान ,जाजरकोट,दैलेख र कर्णालिका ५ जिल्लाको समायोजनमा बनेको कर्णाली प्रदेसको अहिले पनि फरक फरक मनोबिज्ञान रहेको छ । हाल सम्म कर्णाली प्रदेसको हिसावले पार्टीको नेतृत्व कहिले शक्ति बस्नेत ,कहिले जनार्धन शर्मा प्रभाकर हुने र त्यस पछीको नेतृत्व पनि रूकुम जाजरकोट बाहिर नअाउने भन्दै साबिक कर्णालिको मनोबिज्ञान माझिन थालेको छ । पार्टी बिभाजन पछी पार्टीको मुलधारबाट स्थाई कमिटीमा रहेका खड्ग बहादुर बिस्वकर्मा बाहीरिए पछी कर्णालिको नेतृत्व समाल्न पुगेका कर्णालिका पुर्व मुख्यमन्त्री शाही प्रति केन्द्रित हुन थालेको छ । पार्टी बिभाजनमा जुम्लाका नरेस भन्डारी देखि कालिकोट हुम्ला जुम्ला र मुगुका सिनियर नेता पार्टी बिभाजन पछी मुलधारबाट बाहीरीए पछी मुलधारमा रहेका तत्कालिन माअोबादी सेनाका डिभिजन कमाण्डर महेन्द्र शाही एकल प्रत्यक्ष प्रणालिमा चुनाव जितेर चर्चामा रहेका थिए । महेन्द्र शाही प्रति त्यहाका मुलधारमा रहेका कार्यकर्ताको भावना केन्द्रित भएको थियो । अहिले उनको भुमिका शुनिश्चित गरेर कर्णालिले अगाडि बढ्नु पर्ने सुझाव एक थरी छ भने शाहीलाइ पार्टीको केन्द्रीय मुलधारमा ब्यवस्थापन गरेर साबिक कर्णालिलाई समाबेसि अाधार दिएर नेतृत्व चयन गर्नु पर्ने चर्चा पनि त्यतिकै चलिरहेको छ । हाल कर्णाली प्रदेसको सहईन्चार्जमा महेन्द्र शाही, काली ब मल्ल , टेक ब बस्नेत मध्यबाट नेतृत्व छनोट हुने चर्चा पनि छ । कर्णालिमा जनयुद्व ताका भुमिकामा अग्र मोर्चामा रहेको देखिन्छ कर्णाली प्रदेश मा जम्मा सहिद सँख्या २३६१ छ त्यसमा त्यसमा कालिकोटमामात्रै 468जनाले बलिदान दिएका छन भने 22 जना बेपत्ता छन ।अन्य जिल्लाको तुलनामा यो संख्या दोब्बर हो । बन्दसत्रमा पेस गरिएको राजनितिक प्रतिबेदनले पनि बेपत्ता र जनयुद्व ताका बलिदान गर्ने कालिकोट हो भन्ने कुरा देखाएको छ । त्यो अर्थमा पनि कालिकोटमा नेतृत्व ब्यवस्थापन , सहिद परीवारको भावना र युद्व कार्यकर्ता तथा घाईते अपांगको भावना समेट्न कालिकोटले नेतृत्व पाउनु पर्ने र त्यहाका नेताहरूको ब्यवस्थापन हुन जरूरी रहेको नाम नबताउने सर्तमा एक प्रतिनिधिले खबर कर्णालिलाई बताएका छन । हाल सामान्यतया पार्टी अध्यक्षका लागि पुर्व मुख्यमन्त्री महेन्द्र शाही , बिमला केषी र बर्तमान अध्यक्ष राजकुमार शर्मा अाकाक्षी रहेको कुरा बाहीरीएको छ । पुर्ब मुख्यमन्त्री शाही अध्यक्ष नहुने अबस्थामा उनको ब्यवस्था पार्टी उपल्लो तहमा गरेर सचिवमा कालिकोटका जीवन बुढा सचिवमाअ अगाडी सर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !