संघियता समाबेसिता र समानुपातिक प्रतनिधित्व माअोबादीको एजेण्डा भएकाले नेकपा माअोबादीले साबिक कर्णालिलाई बिशेष क्षेत्र घोषणा गर्दै विशेष अारक्षणको ब्यवस्था गर्नुपर्ने माग गरेका छन । माअोबादी केन्द्रको प्रथम कर्णाली सम्मेलनको बन्दसत्रमा प्रतिबेदन माथिको छलफलका कर्णाली प्रदेसको माथिल्लो भाग साबिक कर्णाली अन्चलका जिल्लाबाट सुझाव राख्ने समूह नेताहरूले पार्टीलाई सुझाव दिएका छन । साबिकको कर्णालि पिछडिएको क्षेत्र भएकाले त्यहाको बिकास साबिकको भेरीअन्चलका सुर्खेत दंलेख र जाजरकोटको तुलनामा दाज्न नहुने भन्दै कालिकोट पचालझरना गाउपालिका खड्गराज सेजुवाल बिस्वप्रकाशले कर्णालिलाई पार्टी केन्द्रीय समिति पदाधिकारीमै अारक्षणको ब्यवस्था गर्न अाग्रह गर्नु भयो । अरक्षण प्रतिनिधित्वको माध्यमबाट मात्र कर्णालिको भावना समेटिने र केन्द्रीय राजनितिकमा पहुचमा कर्णालिलाई जोड्न सकिने भएकाले त्यो नीति पार्टीले लिनु पर्ने बताउनु भयो । कर्णाली केन्द्रीय राज्यसत्ताबाट पिछडियो भनेर हामिले युद्व गरेका थियौ तर अहिले ब्यवस्था फेरीए पनि कर्णालिको मुहार फेरीन नसकेको भन्दै हाम्रो ब्यस्था संग पनि कर्णाली जनसंख्याको कमि बिकट भुगोल अशिक्षाको समस्याले केन्द्रमा पहुच राख्न नसक्ने उहाको ठहर छ ।
उहाले सम्मेलनमा खस राज्य ,जडान राज्य, बाईसे , चबिसे राज्यका बारेमा उल्लेख गर्नु पर्ने सुझाव दिदै ।जनयुद्वका केही महत्वपुर्ण घटना कालिकोट माल्कोट बिल्थड डाडा , कर्णाली का प्रथम सहिद काली ब बिक र कर्णाली मुक्तिमोर्चाका बिषयमा प्रतिबेदनमा अपुग्ता रहेको सेजुवालको सुझाव छ । यी बिषय समेटिनु पर्ने सेजुवालले बताउनु भयो । सेजुवालले समाजबादी क्रान्ती फुटेर नभै माअोबादी घटकको एकताको बिन्दु खोज्नु पर्ने सुझाव दिनु भएको छ ।
भेरी कर्णालिको मेचि महाकालि र कालिकोट सुदुर पश्चिम किस्तार भएको कुरालाई मध्यनजर गर्दै ,कर्णालिका महिलाले जनयुद्वमा प्रथम महिला स्काउट निर्माण गरेको ईतिहास समेटिनु पर्ने बताउनु भयो ।
जनमुक्ति सेना मा महिला भुमिका उच्च स्तरको सहादत ,जेल ब्रेक सहादत घाईतेको उपचारका बिषयमा पार्टीले गंम्भिर रूपमा लिनुपर्ने बताउनु भयो ।