रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जेठमा निर्वाचन हुन्छ , गठबन्धन टुट्दैन , एमसीसी छलफल निर्वाचन पछी हुन्छ : अध्यक्ष प्रचण्ड

एमसीसीका कारण गठबन्दन नटुट्ने माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनु भयो । अहिले सत्ता लिप्साबाट बाहिरीनुको छट्पटाहटमा रहेको एमालेले जतिसुकै भ्रमछरे पनि आज सम्मको सत्तागठबन्धनका शिर्सनेताहरूको छलफलमा गठबन्धन नेपालका परीवर्तन बिरोधी शक्ति बिरूद्ध बनेको हुनाले सामान्य बैदेसिक लगानीसंग केन्द्रित रहेर बिगठन नहुने र गठबन्धन स्थानिय स्थर सम्म र पछी हुने संघको निर्वाचन सम्म पुर्याउने सहमति रहेको खुलासा गर्नु भयो । गठबन्धन निर्वाचन पछीसम्म जाने उहाले अुलासा गर्नु भयो । बरू एमसीसी बिवाद निर्वाचन पछी टेबल हुन सक्ने र त्यो संशोधन सहित हुने बताऊनु भयो अध्यक्ष प्रचण्डले चुनाव पछी पनि यथास्थिथिमा एमसीसी पास नहुने प्रस्टपार्नु भयो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा हुने खर्च घटाउन केही समय स्थानिय निर्वाचन सारेर तिनैतहको एकै पटक गर्ने सल्हा भए पनि केही दिन यता विशेष गरि हिजो र अस्तिको समयमा प्रतिक्रियावादीहरूले निर्वाचन सार्ने एजेण्डालाई जनतामा लिने र भ्रम पार्ने देखिएकाले निर्वाचन जेठमै गराउन तयार भएको प्रचण्डले बताउनु भयो । अब चुनाव जेठमै हुने भएकाले तयारीमा लाग्न कार्यकर्तालाई अाग्रह गर्नु भयो ।प्रतिक्रियावादी सलबलाउन खोजेकाले त्यसलाई रोक्न चुनाव जेठमै गर्ने सहमति भएको खुलासा गर्नु भयो । कर्णाली प्रदेश सरकार गठन बिवाद टुंगिएको प्रचण्डले बताउनु भयो। आलोपालो ब्यक्ती फेरबदल गराएर भए पनि सरकारमा मन्त्रि पठाउने सल्हा भएको बताउनु भयो ।
अहिले चर्चामा रहेको एमसीसी देउवा र कांग्रेस पार्टी भन्दा डाक्टर बाबुराम भट्रराई बढी सक्रिय भएको देखिन्छ तर हामी यथास्थिथिमा सहमत हुन नसक्ने प्रचण्डको भनाई छ । नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेस कमिटीको भ्रचुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी कुनै सहायता र रिण नभएर बैदेसिक अनुदान भएकाले अनुदानै नलिने भन्दा पनि त्यसभित्र रहेका केही बिषय हेरफेर गरेर रास्ट्रिय एकता कायम गरेर मात्र निर्वाचन पछी यसमा छलफल हुने बताउनु भयो । त्यैले अरू बिषय भन्दा अहिले नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देशन दिनु भयो । नेकपा माओबादी केन्द्रको कर्णाली प्रदेश कमिटी अध्यक्ष बिमला केषिको अध्यक्षयतामा भएको बैठकमा पार्टी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु भएको हो । बैठकमा कर्णाली प्रदेश ईन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जनार्धन शर्मा, प्रदेश सह ईन्चार्ज पुर्ब मुख्य मन्त्री महेन्द्र शाही लगाएत प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य सल्हाकार परीसदका सदस्य पालिका अध्यक्ष पदाधिकारी र जनबग्रिय संगठनका केन्द्रीय सदस्य सहभागी रहेको थियो । बैठकमा प्रदेशका दश जिल्लाका संयोजकहरूले जिल्लाको रिपोट पेस गरेका छन । बैठक आगामि चुनावको तयारी , रणनिति तयारी लगाएतका बिषयमा केन्द्रित रहेको थियो ।
बैठकमा अर्थमन्त्रि जनार्धन शर्मा प्रभाकरले पार्टीभित्रका गुटबन्धी अन्त गरेर पार्टी पद्वतिमा केन्द्रित हुनु पर्ने बताउनु भयो । गुटबन्दी टुट्ने कुरा कमिटी प्रणालि बाट मात्र सम्भव रहेको भन्दै अर्थमन्त्री शर्माले विधि प्रक्रियामा नचल्ने कुरा गुटबन्दी भएको बताउनु भयो । पार्टीमा बैचारीक स्प्रिट तयार गर्ने , बुझाईमा एकरूप्ता ल्याय मात्र आगामी निर्वाचन जित्न सकिने बताउनु भयो । आफुले
पार्टी संगठन प्रणालिमा हेर्दा बिगतमा कतिपए पालिकामा झिनोमतले हारेको अनुभव सुनाउदै नेता शर्माले अहिले जनतामा डिजिटल नेटवर्किङका नाममा लुट मभाईरहेकाले यसमा सचेत रहन र त्यसमा नजोडिन अनुरोध गर्नु भयो । अनलाईन क्यासिनोको कुरा हटाउने कुरा भएको समेत बचाउनु भयो ।
आफुले प्रतिस्थापन बिधेक मार्फत बजेट परिमार्जित भएको हो त्यसमा सरकारले घाईते अपाङ्ग र दलित बस्ति निर्माणमा थुप्रै बजेटीङ भएको बताउनु भयो ।
कर्णाली पार्टी ईन्चार्ज शक्ती बस्नेतले प्रदेशमा ८५ हजार पार्टी सदस्य रहेको पार्टीले संगठित सदस्यलाई बिजिनेस दिन सक्नु प्रने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !