रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी केन्द्र कालिकोटको बैठक बस्दै ,अध्यक्ष , सचिव चयन हुने

नेकपा माओबादी केन्द्र कालिकोटको बैठक यही २२ र २३ गते सदरमुकाम मान्ममा बस्ने भएको छ । खास गरी सान्तिप्रकिया पछी माओबादी केन्द्रले आफ्नो सागठानिक अबधारणामा पहिलो चोटी ठूलो फेरबदल ल्याएको छ । माओबादी केन्द्रले भर्खर मात्रै स्थानिय पालिका,प्रदेश हुँदै केन्द्रसम्म महाधिवेसन सम्पन्न गरेर उसले बिगत युद्वकालिन संरचना देखिकै अबस्थाबाट हेर्दा निक्कै पार्टी संरचनामा फेरबदल ल्याएको छ । महासचिवीय प्रणालिबाट अध्यक्ष प्रणालि हुँदै बहुपदिय प्रणालिमा आएको माओवादी केन्द्रले ईतिहासमै व्यापक जनवाद र कतिपय ठाउमा लोकतान्त्रिक प्रतिस्पर्दा अर्थात चुनाबी बाटोबाटै कमिटी निर्माण गरेको यो पहिलो पटक हो । यसरी नया सिरामा अगाडी बढेको माओवादी केन्द्रले केन्द्रीय महाधिवेसन सकेर नया कमिटी फर्मेसन भैसक्दा कतिपय पालिका र प्रदेसका कमिटीले पुर्णता पाउन सकेका छैनन् । यसले अजै माओवादी पुर्ण लोकतन्त्रको अभ्यासमा पुगिनसकेको बहस समेत हुन थालेको छ । मंगलबार आयोजित माओबादी केन्द्रको भ्रचुअल बैठकमा अध्यक्ष प्रचण्डले जेठमा निर्वाचन गराउने निस्कर्शमा गठबन्धन रहेको र तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन गरिसकेका छन । यसरी हेर्दा कतिपय पालिकामा समेत नेतृत्वको बिवादले कमटी फ्रमेसन हुन नसकेको अबस्थामा आगामी निर्वाचनमा त्यसको असर पर्ने र साबिक पार्टीमा ठूलो संख्यामा रहेको जिल्ला कमिटी समन्वयात्मक रूपमा रहने पार्टी बिधानमा ब्यवस्था गरिए पनि यही अबस्थामा जिल्लाको भुमिका महत्वपुर्ण हुने हुदा पूरा हुन बाकी संगठनका कामहरू पूरा गर्ने गरि नेताहरू जिल्ला केन्द्रित हुन लागेको देखिन्छ । बुधबार सम्म कर्णाली प्रदेशका पार्टी सहईन्चार्ज तथा पुर्ब मुख्यमन्त्री ,जिल्ला ईन्चार्जको जिम्मेवारी समेत समालेका महेन्द्र शाही, पुर्व जिल्ला ईन्चार्ज जीवन बुढा , पुर्व पार्टी अध्यक्ष दुर्ग रावत र बर्तमान जिल्ला संयोजक धनजित शाही पनि यश बिषयमा जिल्लामा गृहकार्यका जुटीसकेको देखिन्छ । मनोनित भैस भन्दै नेताहरूको असिर्वादले ठूलो बनेको पार्टीकमिटी बिधानतह खुम्चिदै समानुपातिक समाबेसिताले उतारचढाव बनेको सांगठानिक अबधारणामा बिगत देखि लगानि बलिदानि र समर्पण गरेका नेता अहिले भुमिका बिहिन भएर बस्नु पर्ने भएकोले यो थितिको सामाधान गर्न नेताहरू जुटेका हुन । पार्टी बिभाजन पछी माओवादी केन्द्रको नेतृत्व समालेका पुर्व जिल्ला ईन्चार्ज जीवन बुढा र माननीय संसद पुर्व कालिकोट पार्टी अध्यक्ष दुर्ग रावत , पहिलेनै जिल्ला कमिटीको अध्यक्षका आकाक्षी जनकनाथ योगी अहिले भुमिका बिहिनको अबस्थामा रहेका छन । प्रदेस कमिटीमा अध्यक्ष बाहेक पदाधिकारी टुंगिन सकेको छैन । तर प्रदेश सम्मेलनबाट प्रदेश सचिवमा कालिकोटका हालका संयोजक धनजित शाहीको नाम बाहिर आए पनि अहिले त्यो कुरा गुपचुपमै रहेको देखिन्छ , कालिकोटका अर्का युवा नेता लक्ष्मि प्रसाद चौलागाई शैलेन्द्र पनि सचिवमा आकाक्षी थिए उनि सचिवबाट पछाडि हटे पनि अहिले सम्म मुख खोलेका छैनन् । अहिले माओबादी भित्र कडा लभिङ चलिरहेको देखिन्छ , प्रदेसमा मनोनित, प्रदेश बिभाग गठन, पालिका कमिटी रिक्त रहेको ठाउमा पुर्णता दिने लगाएतका कामहरू माओवादीभित्र प्राथामिक्ताका साथ भैरहेको बुझिएको छ । तर प्रात्र बिषेसमा छलफल चलिरहदा निक्कै लुछाचुडी हुने सम्भावना पनि देखिन्छ ।
प्रदेश कमिटीमा बस्न नमानेका र ब्यवस्थापन हुन बाकी रहेका नेताहरू र जिल्ला संयोजक रहेका धनजित शाही प्रदेस सचिव नहुने अबस्थामा के गर्ने भन्ने चुनौति त छदै छ त्यसैमा जिल्ला समन्यवय गठनको चटारो झन थपिने देखिन्छ ।माओवादी केन्द्रको केन्द्रीय निर्देशन अनुसार बिगत जितेको ठाउको अबस्था विश्लेषण ,मत सर्बेक्षण हारेको ठाउको बिगतका कतिमतले पराजित भएको थियो हाल के छ अबस्था त्यसमा व्यापक छलफल हुने र चुनाबी रणनिति तय हुने छ । त्यसका लागी सबैलाइ चित्त बुझ्ने कसैको चित्त नदुख्ने गरि सामाधान खोज्नु अहिलेको चुनोति रहेको उनको भनाई छ ।
को को छन जिल्ला संयोजक, सचिवमा आकाक्षी ?

माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठक सदरमुकामा बस्ने भए पछी यसको चर्चा निक्कै छ आजभोलि । बैठकमा जिल्ला समन्वय समिति गठन गर्ने र त्यसको गृहकार्य गर्ने भए पछी आकाक्षी आआफ्नो ईच्छा बाहिर ब्यक्त गर्न थालेका छन । जिल्ला समन्वय समितिमा बिधानतह सदस्यहरू १० % बाहेक अरू पालिकाकमिटीका पदाधिकारीहरूको समन्वय हो । अध्यक्ष कालिकोटबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने प्रदेस सदस्यहरू मध्यबाट छानिने भए पनि सचिवका बिषयमा त्यस बाहिर पनि आकाक्षी रहेका छन । अध्यक्षमा पचालझरना गाउपालिका अध्यक्ष खडक सेजुवाल, देखियका छन उनले बुधबार सञ्चार कर्मिसंगको एक छलफलमा आफुलाई जिम्मेवारी दिए नेतृत्व लिन सक्षम रहेको बताएका छन । उनले एक फरक प्रसंगमा उनले पार्टी बिधान नेताहरूले छाट्ने सिद्वान्त र आफ्नो बिगतको भुमिका क्षमता कुनैले पनि हिसावले अब आफू कम्जोर नरहेको दाबि गरेका छन । पार्टीमा जिम्मेवारी मनोनितका नाममा आफ्नो नाम चार पटक सम्म छलफलमा आउने अनि भित्रै गुपचुप राख्ने गरेकाले यो पटक अन्याय नगर्न आफुले नेताहरूलाइ सुझाई सकेको बताएका छन । उनले नेताहरूले भन्ने गरेको नेता हुन वडा जित्नु पर्छ भन्दै गरेको होस या निरन्तर जनताको बिचमा बसेर संगठन बनाएको र बिगत विद्यार्थी राजनिति देखि आफुले खेलेको भुमिकाले होस त्यस बिषयमा नेतृत्व जानकार भएकाले सबैको भावनाको केन्द्रित पनि आफुमा हुने बिश्वास लिएको बताएका छन । के कारण छ पटक पटक खडगराज सेजुवाल चर्चामा आउने घुमिफिरी डायरी र माईन्युटमा सिमित हुने त्यस प्रति दुख लागेको भन्दै उनले नेताहरू प्रतिआफुले देखाएको सद्भभावको रिण तिर्न नसकेको बताए । पार्टी बिभाजनमा आफू मोहनबैध्यको नेतृत्वमा लागेको र पार्टी पुन एकता हुदा जिल्ला संयोजक दुर्ग रावत सह संयोजक बिस्वप्रकास भनेर गरिएको सहमति रातारात उल्ट्याईयो सहेर बसियो अनि नेकपा बन्दा जिल्ला कार्यलय टिमको माईनट छिपाइयो सहेर बसे , प्रदेश निर्वाचन क्षेत्रिय कमिटी सम्म आफू पेलियको उनको तर्क छ ।अब आफूले विद्यार्थी संगठनमा सहयात्रा गरेका अहिले उच्च ओदामा छन संगठित गरेका विद्यार्थी नेता केन्द्रमा छन उनले भने उसो भए पार्टी नेतित्व र जिम्मेवारी पाउन भोटको प्रतिस्पर्दा , वडा गाउँ हारेको वा जितेको , गाउँ बसेको वा राजनितिक गरेको वा अन्तरघात गरेको यो पार्टीमा हामी बहस गर्ने हैसिएत राख्छौ उनले भनेका छन आफुले हाल सम्म पार्टीभित्र म हुन्छु भन्दा पनि मुल्याङन पार्टीले गर्छ भने भर पढेको उनले बताए ।
पभालझरना गाउपालिकाको अध्यक्ष र पार्टी प्रदेश कमिटीमा रहेका सेजुवाल कुसल अन्तरबिरोधको ब्यवस्थापक र डिसिजनकर्ता हुन उनले राजनितिमा निति, विधि र कार्यनिति र बिचारको तालमेल मिल्नु पर्ने भन्दै आफू गाउपालिका अध्यक्ष भययता पचालझरना मात्र एक अन्तरबिरोध कम भएको रअन्यपार्टिबाट माओवादीमा आउनेको लहर पचालझरनामा रहेको दाबि गरे उनले अब पार्टी नेतित्व बिकासमा पार्टी संगठनको अाधार, भुगोल जाति बर्ग क्षेत्र र लिङभेक र क्षमताको सन्तुलन मिल्ने गरि दिनु पर्ने बताए । बैठकले दुई निर्वाचन क्षेत्रिय संयोजक सचिव र जिल्ला समन्वय समितिलाई पुर्णता दिने बुझिएको छ । जिल्ला समन्वयको संयोजकको लभिङमा अहिले अन्यनेताहरू पनि रहेका छन । त्यश अघि रास्कोट ईन्चार्ज र प्रदेस निर्वाचन क्षेत्रिय कमिटीको संयोजक जिम्मेवारीमा रहेका जगत शाही पनि आकाक्षि देखिएका छन । बैठक अबिरल बर्साले प्रभाबित हुने सम्भावना समेत रहेको एक नेताले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !