रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा माओवादी केन्द्रको बैठक सम्पन्न २९ प्रदेस कमिटीका नेताहरूको जिम्मेवारी बाडफाड

नेकपा माओवादी केन्द्रको कालिकोट जिल्ला समन्वय कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । दुई दिन २२ र २३ गते जिल्ला संयोजक धनजित शाहीको अध्यक्षयतामा बसेको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेस सह ईन्चार्ज महेन्द्र शाही , पार्टी प्रदेश अध्यक्ष बिमला केसी र केन्द्रीय सदस्य बिष्णु बिक ,यसोदा न्यौपाने लगाएतको उपस्थीतिमा बैठक बसेको हो । पार्टी प्रदेश कमिटीका सदस्यहरू मध्यबाट अध्यक्ष ,सचिव बनाउने नीति अनुसार कालिकोटमा रहेका पार्टी कर्णाली प्रदेश सहईन्चार्ज महेन्द्र बहादुर शाही पार्टी कर्णाली प्रदेसका अध्यक्ष बिमला केसी र जिल्लामा रहेका उपलब्ध केन्द्रीय सदस्यहरूको छलफलबाट पार्टी प्रदेस कमिटीमा रहेका लक्ष्मि प्रसाद चौलागाई सैलेन्द्र अध्यक्ष र प्रदेश कमिटी सदस्य देबजंग शाही अग्नि सचिवमा रहने गरि जिल्ला समन्वय कमिटी बनेको छ । कमिटीमा २९ जना प्रदेस कमिटी र पालिका पार्टी कमिटीका अध्यक्ष ,तीन उपाध्यक्ष र सचिव पदेन सदस्य रहने छन भने त्यसमा २७ जना मनोनित हुने छन । १०७ जनाको कमिटी हुने भए पनि मनोनित हुने संख्या अहिले टुंगो लागेको छैन ।प्रदेस कमिटीका सदस्यहरूको जिम्मेवारी भने ठोस गरीएको छ। जिम्मेवारी अनुसार आफुले दाबी गरेको जिम्मेवारी भन्दा आकाक्षी संग छलफलनै नगरी जिम्मेवारी तोकिएको भन्दै केही नेताहरूको चरम असन्तुष्टी रहेको छ । लादिएको जिम्मेवारी नसमाल्ने बताएका भन्दै पचालझरना गाउपालिकाका अध्यक्ष समेत रहेका खडराज सेजुवाल र जगत शाहीले जिम्मेवारी नसमाल्ने दाबी गरेका छन । यश अघी जिल्ला संयोजक रहेका धनजित शाहीको अध्यक्षयतामा र निर्वतमान कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र शाही , प्रदेश पार्टी अध्यक्ष बिमला केसी पार्टी केन्द्रिय सदस्यहरू बिष्णु बिक ,यसोधा न्यौपाने लेखाआयोगका सदस्य रास्कोट नगरपालिका मेयर कासीचन्द बराल लगाएतको उपस्थितिमा बैठक बसेको हो ।बैठकले जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई सचिव देबजंग शाही अग्नीलाई चयन गरेको छ । बैठकले दुबै निर्वाचन क्षेत्रका संयोजक र ईन्चार्ज सचिवको जिम्मेवारी प्रदान गरीएका छन ।जस्मा प्रदेस निर्वाचन क्षेत्र क को ईन्चार्ज गंगा खड्का संयोजक रतन बहादुर शाही आसुतोस सचिवमा सर्पराज सिह कर्णधोज क्षेत्र ख को ईन्चार्ज डम्मर शाही डिवी संयोजक खड्गराज सेजुवाल बिस्वप्रकास सचिव जगत शाही सिखरलाई चयन गरिएको छ ।प्रदेस कमिटी सदस्यहरूको जिम्मेवारी तोक्दै प्रत्यक पालिका ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारी तोकेको छ जसमा नरहरिनाथमा अग्र बिष्ट सुनिल सह ईन्चार्ज गगन फडेरा सृजन सान्निमात्रिर्बेणीमा ईन्चार्ज भरत बिक आकास र सह ईन्चार्ज मिठु शाही सैलजा रास्कोटनगरपालिकामा ईन्चारज बिष्णु बराल बिजय ,पचालझरना गाउपालिकामा
ईन्चार्ज तारा न्यौपाने तिलागुफा नगरपालिकामा इन्चार्ज रतन बम सहईन्चार्ज लक्ष्मि बिष्ट ,महाबैमा ईन्चार्ज खेम बहादुर सिह सह ईन्चार्ज कृष्णकला शाही ,सुभकालिकामा
इन्चार्ज जय बहादुर महतारा अटललाई तोकिएको छ ।प्रदेस कमिटीका सदस्यहरू मध्यबाट एैन बहादुर शाही र नेत्रराज शाहीलाई बिभागिय जिम्मेवारी दिने गरि
महिला बिभाग ईन्चार्ज अल्किना बम बविता ,बुद्विजिबि
कृष्ण आचार्य ,युवा बिभाग ईन्चार्ज मिमसरा बम,विद्यार्थी लक्ष्मण बम लाई तोकिएको छ । जिम्मेवारी प्रति पभालझरना अध्यक्ष सेजुवालको भने असन्तुष्टी रहेको छ उनको आपति पछी प्रदेश निर्वाचन क्षेत्रका सचिव बनाईएका जगत शाहीले आफुलाइ निर्वाचन क्षेत्रको संयोजकबाट रास्कोट ईन्चार्ज हुँदै पुन घुमाएर प्रदेस निर्वाचन क्षेत्रको सचिव बनाएको प्रति आपति जनाएका छन । उनले पार्टीमा आफुलाई कार्वाही गरेको बताएका छन । प्रदेस निर्वाचन क्षेत्रिय कमिटी ख को ईन्चार्ज बनाईएका सान्नित्रिर्बेणिका अध्यक्ष डम्बर शाहीले केही प्रतिक्रिया दिएका छैनन । दुबै जनाले तोकएको
जिमेवारि लिन नमाने पछि प्रदेस ख को संयोजक ,सचिव स्थगीत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !