आईतबार देखि बसेको नेकपा माओवादी केन्द्र कालीकोटको बैठकमा आफ्नो चाहाना बिपरीत नेताहरूले जिम्मेवारी दिन खोजेको भन्दै पार्टी प्रदेस कमिटी सदस्य समेत रहेका पचालझरना गाउपालिकाका अध्यक्ष खड्ग सेजुवाल र प्रदेश कमिटी सदस्य तथा यश अघि रास्कोट नगरका ईन्चार्ज रहेका जगत शाहीले जिम्मेवारी अस्वीकार गरेका छन । पभालझरना गाउपालिकाका अध्यक्ष सेजुवालको कालिकोट समन्वय कमिटीको अध्यक्ष वा सचिवमा दाबि थियो । पार्टी प्रदेश कमिटीका सदस्यहरू मध्यबाट अध्यक्ष ,सचिव बनाउने नीति अनुसार कालिकोटमा रहेका पार्टी कर्णाली प्रदेश सहईन्चार्ज महेन्द्र बहादुर शाही पार्टी कर्णाली प्रदेसका अध्यक्ष बिमला केसी र जिल्लामा रहेका उपलब्ध केन्द्रीय सदस्यहरूको बसाई पछी पार्टी प्रदेस कमिटीमा रहेका २९ जना सदस्यहरूको जिम्मेवारी ठोस गरेका छन । जिम्मेवारी अनुसार आफुले दाबी गरेको जिम्मेवारी भन्दा आकाक्षी संग छलफलनै नगरी जिम्मेवारी तोकिएको भन्दै उनले लादिएको जिम्मेवारी नसमाल्ने बताएका छन । यश अघी जिल्ला संयोजक रहेका धनजित शाहीको अध्यक्षयतामा र निर्वतमान कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र शाही , प्रदेश पार्टी अध्यक्ष बिमला केसी पार्टी केन्द्रिय सदस्यहरू बिष्णु बिक ,यसोधा न्यौपाने लेखाआयोगका सदस्य रास्कोट नगरपालिका मेयर कासीचन्द बराल लगाएतको उपस्थितिमा बैठक बसेको हो ।बैठकले जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई सचिव देबजंग शाही अग्नीलाई चयन गरेको छ । बैठकले दुबै निर्वाचन क्षेत्रका संयोजक र ईन्चार्ज सचिवको जिम्मेवारी प्रदान गरीएका छन ।जस्मा प्रदेस निर्वाचन क्षेत्र क को ईन्चार्ज गंगा खड्का संयोजक रतन बहादुर शाही आसुतोस सचिवमा सर्पराज सिह कर्णधोज क्षेत्र ख को ईन्चार्ज डम्मर शाही डिवी संयोजक खड्गराज सेजुवाल बिस्वप्रकास सचिव जगत शाही सिखरलाई चयन गरिएको छ ।प्रदेस कमिटी सदस्यहरूको जिम्मेवारी तोक्दै प्रत्यक पालिका ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारी तोकेको छ जसमा नरहरिनाथमा अग्र बिष्ट सुनिल सह ईन्चार्ज गगन फडेरा सृजन सान्निमात्रिर्बेणीमा ईन्चार्ज भरत बिक आकास र सह ईन्चार्ज मिठु शाही सैलजा रास्कोटनगरपालिकामा ईन्चार्ज बिष्णु बिक बिजय ,पचालझरना गाउपालिकामा
ईन्चार्ज तारा न्यौपाने तिलागुफा नगरपालिकामा इन्चार्ज रतन बम सहईन्चार्ज लक्ष्मि बिष्ट ,महाबैमा ईन्चार्ज खेम बहादुर सिह सह ईन्चार्ज कृष्णकला शाही ,सुभकालिकामा
इन्चार्ज जय बहादुर महतारा अटललाई तोकिएको छ ।प्रदेस कमिटीका सदस्यहरू मध्यबाट एैन बहादुर शाही र नेत्रराज शाहीलाई बिभागिय जिम्मेवारी दिने गरि
महिला बिभाग ईन्चार्ज अल्किना बम बविता ,बुद्विजिबि
कृष्ण आचार्य ,युवा बिभाग ईन्चार्ज मिमसरा बम,विद्यार्थी लक्ष्मण बम लाई तोकिएको छ । जिम्मेवारी प्रति पभालझरना अध्यक्ष सेजुवालको भने असन्तुष्टी रहेको छ उनको आपति पछी प्रदेश निर्वाचन क्षेत्रका सचिव बनाईएका जगत शाहीले आफुलाइ निर्वाचन क्षेत्रको संयोजकबाट रास्कोट ईन्चार्ज हुँदै पुन घुमाएर प्रदेस निर्वाचन क्षेत्रको सचिव बनाएको प्रति आपति जनाएका छन । उनले पार्टीमा आफुलाई कार्वाही गरेको बताएका छन । प्रदेस निर्वाचन क्षेत्रिय कमिटी ख को ईन्चार्ज बनाईएका सान्नित्रिर्बेणिका अध्यक्ष डम्बर शाहीले केही प्रतिक्रिया दिएका छैनन । दुबै जनाले तोकएको
जिमेवारि लिन नमाने पछि प्रदेस ख को संयोजक ,सचिव स्थगीत राखिएको छ ।