२७ औं जनयुद्ध दिवसको ( सहिद सप्ताह )को अबसरमा नेकपा माओवादी केन्द्र कालीकोटले जनयुद्वकालिन सहिद परीवारलाई सम्कान गर्ने भएको छ । हरेक स्थानिय पार्टीकमिटीले सहिद परीवारलाई सम्मान गर्ने भएको छ ।अौपचारीक रूपमा आयोजना हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाही पनि सहभागी हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । तत्कालिन २०५२ साल फागुन १ गतेबाट जनयुद्व सुरू भए पछी सोही फाल्गुन १४ गते रोल्पाका दिल बहादुर रम्तेल मारीएको दिनलाई सहिद सप्ताहाको रूपमा साता ब्यापी कार्यक्रम गरि मनाउने बताईएको छ । शान्निघाट १४ गते रास्कोट नपा र शान्नितृबेनी गापा फाल्गुन १४ गते नै पलता र पचालझरनाको जारकोट स्थित भुराबगर सहिद पार्कमा र फाल्गुन १५ गते कुमालगाउ नरहरिनाथ गापा फाल्गुन १६ गते पिलि तिलागफा,खाडाचक्र नपा ,शुभकालिका गापा र महाबै गापाकामा रहेका सहिद परीवारलाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ