प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले स्थानिय तह निर्वाचन घोषणा भए संगै जिल्लाको स्थानियतहमा पुगेर बस्तुस्थितिको अध्यन थाल्नु भएको छ । प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा, डिएस्पी सिद्वराज ओझा सहित सुरक्षा प्रमुखरूको टोलिले जिल्लाका नौ वटै स्थानिय तहमा अनुगन थाल्न सुरू गरेको जिल्ला प्रशासनले बताएको छ। मिति २०७८/११/११ गते बुधबारका दिन रास्काेट नगरपालिका क्षेत्रमा रहेका निर्वाचन मतदान केन्द्र तयहा रहेका पणरहरी चौकी अनुगमन गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागि हुनु भएको छ । प्रहरी नयव उपरीक्षक सिद्ध राज न्याैपाने, डा. रत्नवीर सुनारले अनुगमन गर्नु भएको बताईएको छ
नगरमा प्रशासनिक अनुगमन पछी टोलिले रास्काेट नगर कार्यपालिकाकाे बैठकमा सहभागी हुँदै समसामयिक बिषयमा छलफल गर्नु भएको हो ।रास्काेट अस्पतालकाे स्थलगत अवलाेकन तथा वस्तुस्थितिकाे जानकारी लिनुका साथै प्राय सबै मतदान केन्द्र अवलाेकन तथा वस्तुस्थितिकाे जानकारी लिनु भएको हो । जिल्लाका सबै स्थानियतहमा पुगेर अनुगमन गरिने बताउनु भयो । राज्यका प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुटेका हुन भने दलहरू पनि गाउगाउमा निर्वाचन तयारीमा जुटेका हुन ।