दस बर्षे जनयुद्व सबै काममा महिला सक्षम छन भन्ने कुरा जनयुद्वले स्थापित गराईदिएको महिला नेतृ बिजया बिष्टले बताउनु भयो । जनयुद्व नहुनु भन्दा पहीले महिलाले सेना बन्न सक्दैनन् लड्न सक्दैनन् , समाजको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा जनयुद्वले अन्त गरीदिएको बताउनु भयो । खाडाचक्र नगरका उपमेयर समेत रहनु भएका महिला नेतृ बिजया बिष्टले महिलाको जीवन व्यवहार परिवर्तनमा सहकारी एउटा प्रमुख माध्यम बनेको बताउनु भयो ।सहकारी आन्दोलन पनि जनयुद्वको बेला गरिएको सामुहिक अभ्यासको उपज भएको उपमेयर बिष्टले बताउनु भयो । हिमचुलि कृषि सहकारी संस्था लि.को १३ ओै साधारणसभाको तयारी स्वरूव खाडाचक्र सेवाकार्यालयको साधारणसभामा सम्बोधन गर्दै उपमेयर बिष्टले सहकारी समाजबाद उन्मुख राज्यब्यवस्था सामुहिक्ताबाट हुने भएकाले यसले राजनितिक ,आर्थिक,सामाजिक र सास्कृति रूपान्त्रणको आधार हुने बताउनु भयो । हिमचुलि कृषि सहकारीका अध्यक्ष काली बहादुर महताराको अध्यक्षयतामा भएको साधारणसभामा प्रमुख अथिति रहनु भएकी बिष्टले सहकारीमा पार्टी र राजनितिक प्रभाव पर्न नहुने बताउनु भयो ।
जिल्लाभर १३ हजार सेर सदस्य रहेको हिमचुलि समसामुहीक सहकारीको सदस्य हुने ईच्छा रहेको बिष्टको भनाई रहेको छ ।