जिल्लामा ठूलो बित्तिय कारोबार गरीरहेको हिमचुली कृषि सहकारी संस्थाका पुर्व सन्चालक समेत रहेकी नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य गंगा खड्का बोगटीले महिलाको जीवन व्यवहार सुधार गर्ने सहकारीबाट मात्रै सम्भव रहेको बताउनु भयो । स्थापना कालमा २५ जना सदस्य मात्रै रहेको स्मरण गर्दै स्थापना कालका २५ जनामा २ जना मात्रै महिला सदस्य रहेकोमा आज गाउगाउमा महिला समूह मार्फत हजारौ महिला सहकारीमा पुजि जम्मा गर्न सक्षम रहेको बताउनु भयो ।स्थापनाकाल देखी हाल सम्म प्रदेसको एक उत्कृष्ट सहकारी भएको भन्दै १३ हजार सदस्य पुगेकोमा खुसि लागेको बताउउनु भयो , सामुहीक उधेश्य भन्दा ब्यक्तिगत स्वार्थमा निहितहरूले खोलेको सहकारी बिलय भएर गएको भन्दै हिमचुलि असल र अनुभबि मानिसहरूले नेतृत्व गरीरहेको हुनाले हिमचुलि प्रती नागरीकको बिस्वास बढीरहेको बताउनु भयो ।तर हिमचुलिमा दल ,राजनितिक पार्टी र बिचारको प्रभाव पर्न दिन नहुने बताउनु भयो ।