रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

निर्वाचन घोषणासंगै उम्मेदारी घोषणा तिब्र महावैमा आकाक्षी बाहीरीय

सरकारले आउदो बैसाख ३०मा स्थानिय तह निर्वाचन घोषणा गरे संगै राजनितिक दल गाउगाउमा निर्वाचनमा केन्द्रित हुन थालेका छन भने दलभित्र सुषुप्त तरीकाले उम्मेदारी ( आकाक्षि बाहिर देखिन थालेका छन । सरकार एमसिसी बिवादले निर्वाचन गराउछकि गराउदैन भन्ने अनिश्चित रहे पनि स्थानिय तहको निर्वाचनमा राजनितिक दलहरूले व्यापक तयारी थालिससकेका छन । उनिहरू गाउकेन्द्रित भए पछि अहिले देखिनै अब कुन गाउपालिका ,नगरपालिकामा प्रमुख उप प्रमुख को होला भन्नेमा चर्चापरीचर्चा चल्न थालेको छ । कालिकोट माओवादी सान्तिप्रकियामा आए देखिनै माओवादीकै बर्चश्वमा रहेको कालिकोटमा पनि दलहरू अहिले चुनावि रणनिति तयारीमा जुटेका छन । स्थानिय तह निर्वाचन २०७४ मा ९ वटा स्थानियतह मध्य कालिकोटमा ५ पालिका बहुमत सहित एक गाउपालिकामा उपाध्यक्ष माओवादिले जितेको थियो । त्यसै आधारमा माओवादिले संघ प्रदेस जित्नुका साथै जिल्ला समन्वय एकल बिजय गर्यो । तर स्थानिय तह निर्वाचनमा खास्सै भुमिका नबुझेका कारण चुनावमा उम्मेद्वारको खास्सै लुछाचुडी नदेखिए पनि अहिले जनप्रतनिधिको पारीश्रमी , राजनितिक प्रतिष्ठा पैसा र पद हुने भए पछि यश पटक स्थानिय तहमा जित्ने भन्दा पनि उम्मेद्वारका आकाक्षि धेरै हुने र लुछाचुडी बढ्ने देखिएको छ । जनमत भएको पार्टी माओवादीमा यो क्रम अजबढी हुटहुटीका रूपमा देखिएको छ ।बिगतमा कार्यकर्ताका उम्मेद्वार छनोटमा चुनाव उम्मेद्वार अरूलाई सोजाउने कार्यकर्ता पनि अहिले आफुमा जित बाहेय अरूको जित नदेख्ने भएका छन । कालिकोट जिल्लाभर बर्चस्व देखे पछि निर्वाचन हारीने डरले तत्कालिन स्थानिय तह निर्वाचन २०७४ मा महावैमा कांग्रेस एमाले मिलेर माओवादीलाई पराजय गराएका थिय ।तर बिपक्षिले कस्तो उम्मेद्वार दिन्छ, उसको राजनितिक चरित्र,सास्कृति चरीत्र कस्तो छ ।दलहरूबिचको समिकरण के हुने जस्ता बिषयले यसको निर्धारण पछि हुने भए पनि अहिले नै उम्मेद्वार घोषणा हुनु गलत भए पनि आकाक्षा राख्नु गलत नहुने बताईन्छ । चुनाव प्राबिधिक बिषय भएको हुनाले यी रणनिति संग मुख्यआधार हुन्छ र चुनावी रणनितिको तयारीमा दफहरू छन ।
कालिकोटमा जिल्लाको प्राकृतिक बनावट हेर्दा तिला र कर्णाली नदि क्षेत्र गरेर दुईवटा हुन । यसमा तिला नदी क्षेत्र पुर्बि कालिकोटमा जम्मा एक नगर तिलागुफा मात्र बिजय गरेको माओवादि केन्द्रले अहिले जिल्लाभर व्यापक थप जनसक्ति प्रबेस गराएको छ यसको सुदृढ झन बढेकाले कालिकोटमा माओवादी कार्यकर्ता निर्वाभन जित्नेमा ढुक्क छन ।
माहावैमा बिगतमा निर्वाचन हार्नु परेकाले यो पटक आन्तरीक मिलाएर जित्ने मनसायका रहेको त्यहाका नेता प्रसान्त सिहले बताएका छन । उता अहिले पार्टीको फ्रन्टलाईनमा देखिएका बिगतका पराजित गाउपालिकाका उम्मेद्वार सर्वराज सिह द्वन्दकालका बिस्थापित शिक्षक भएकाले उनी जागीर पुनरवहालिमा जान्छनकि सेवालिएर राजनितिमा रहनछन उनिमा निहित महावैको राजनितिमा हरेक ब्यवस्थापनका बिचबाट हालका पार्टी गाउपालिका ईन्चार्ज खेम बहादुर सिह अध्यक्षको आकाक्षि देखिन्छन बिगतमा पनि गाउपालिका अध्यक्षका आकाक्षि कृष्णकला शाही बिनिता हाल पार्टीका सहईन्चार्ज छन । तर त्यही बिचमा अहिले द्वन्दकाल देखि माओवादीमा एकल कर्मचारी रहेका कालिकोटका एक चर्चित पुराना लेखापाल मलिम रावत पनि जागीरबाट राजिनामा दिएर राजनितिमा प्रत्यक्ष हात हाल्ने योजनामा छन । मलिम अहिले सान्नि त्रिर्बेणीमा र महावैमा लेखापाल रहेका छन । माओवादीकै अधिकांस भुमिगत जीवन बिताएका नेता भन्दा मेरो लगानि कम छैन म अब केवल पार्टी र आस्था भन्दै कार्यकर्ताको ब्यवस्थापक मात्रै हुदैन अब सक्रिय राजनितिमा लाग्छु पार्टीले मलाई एकपटक सामाजिक सेवा गर्ने अबसर दिनु पर्छ सञ्चारकर्मी संगको भेटमा रावतले भनेका छन । म भुमिगतभैन त्यति हो तर सांगठानिक हिसावले कर्मचारी मात्र सोचेर भुमिकाबाट सोचे गलत हुने बताउनु भयो । केही दिन पहीले दौरा सुरूवाल लगाएर आफ्नै फोटो पोष्ट गर्दै लेखापाल रावतले अब जागीरबाट सन्यास लिएर सामाजिक सेवामा सक्रियता बढ्ने संकेत गरेका थिए । उनी अहिले माओवादी निकट कर्मचारी संगठनको केन्द्रीय सदस्य छन । लामो समय सरकारी जागीर त्यसैमा सरकारी लेखाचलाउने भएकाले रावतको आकाक्षाले महावैको माओवादीमा हलचल ल्याउन सक्ने आकलन गरिन्छ । उनिसंग सरकारी कामकाज ,पार्टीसमर्थक मोर्चाको जिम्मेवारी,अधिकांस पार्टीका बिगतका राजनितिक ,आर्थिक र राजनितिक ,सांगठानिक ब्यवस्थापनमा भुमिका रावतले न‌ै खेलेकाले टिकट दिने नेताहरू पनि उनको आकाक्षा र लभिङले संकटका पर्ने छन । यसै हप्ता महाबै निवासी एक युवा बबिन शाही नामको फेसबुकमा २०७९ साल बैसाख ३० गते हुने स्थानिय चुनावमा महावै गाउपालिकामा माओबादि केन्द्र का सम्भावित उम्मेदवार हरु भन्दै शिक्षक टोप बहादुर शाही – मावि प्रअ , शिक्षक केन्द्रियय नेता , लोकप्रिय तथा विकासप्रेमि युवा नेता , प्रखर वक्ता
२ Khem Bahadur Singh – पुर्व मुख्यमन्त्रीका स्वकिय सचिव , विधार्थि केन्दिय नेता तथा पार्टि प्रदेश सदस्य , लोकप्रिय युवा नेता ३ Sarp Raj Singh – ७४ प्रत्यासि , शिक्षक केन्द्रीय नेता , पार्टि प्रदेश सदस्य , बौद्वीक नेता रहेका छन भने महावैकै लेखापाल रहेका मिलमरावतको नमम पनि चर्चामै रहेको छ पछी त्यसको तल कमेन्टबक्समा सान्नित्रिर्बेणिका वडा नं ४ अध्यक्ष हिमाल धामिले कर्मचारी संगठनका केन्द्रीय नेता मलिम रावत ससक्त उमेरद्वार रहेका छन ।यसको फैसला महावै निवासि मतदाताहरुको हातमा छ । तर महाबैमा उम्मेद्वार लुछाचुडी सुरू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !