रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिद्यालय शिक्षामा गुणस्तर ल्याउन विद्यार्थी ,शिक्षक र अबिभावक मुख्य जिम्मेवार : पौरख बिक अध्यक्ष पचालझरना

बिकासमा पचालझरना गाउपालिका कर्णालिकै नमुना गाउपालिका भएको बताउनु भयो । कर्णालिको नेतृत्व जन्माउन सक्ने कोटिला तिखार्तिमा बिकास भएको छैन भन्नू भन्दा सबै आआफ्नो ठाउमा जिम्मेवार,रहनु पचालझरनाका नागरीकको दायीत्व भएको बिकको भनाई छ । पुर्व विद्यार्थी नेता समेत रहेका अध्यक्ष बिकले शिक्षामा गुणस्तर ल्याउन शिक्षक ,विद्यार्थी र अबिभावक उतिकै जिम्मेवार रहने बताउनु भयो ।

कालिकोट जिल्लाको पचालझरना गाउपालिका वडा नं ९ तिखार्तिमा रहेको कर्णाली आधारभुत बिद्यालयको एक विशेष समारोका बिच नब निर्मीत भवनको ऊद्घघाटन गर्ने क्रममा आयोजित सभामा बोल्दै माओवादी केन्द्रका पचालझरना अध्यक्ष समेत रहेका बिकले पझालझरना भाग्यशाली एक गाउपालिका रहेको र यसको बिकासमा र प्राप्त गरेको अबसर सदुपयोग गर्न आग्रह गर्नु भयो ।माओवादीले जितेको गाउपालिकामा अरू राजनितिक दलको केही भुमिका छैन भन्ने हैन तर राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनेर छुट्याउने आधार राजनितसक प्रतिसोद भएकोले त्यो हटाउनु पर्ने र त्यसका आधारमा बिरोध र समर्थन नहुने बताउनु भयो । पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकासको प्रमुख अतिथ्यथामा र उपाध्यक्ष चारा न्यौपानेको विशेष अतिथ्यथामा आयोजित एक बृहत् कार्यक्रमका बिच नवनिर्मित भवनको उदघाटन गरिएको थियो । कार्यक्रममा गाउशिक्षा समितिका संयोजक वडा नम्मर ४ का अध्यक्ष अनरूप रोकाया, वडा नम्मर 9 का वडा अध्यक्ष जोरे तिरूवा , वडा नम्बर ८ का अध्यक्ष डम्मरे कामी न्यायीक समितिका संदस्य गोरक्ष्य ब शाही , पालिका सुचना अधिकृत प्रकाश कठाएत , माओवादी केन्द्र पचालझरनाका अध्यक्ष पौरख बिक , गाउँ शिक्षा समितिका सदस्य प्रभुजन सन्ज्याल ,शिक्षा सम्बद्व सरोकारवालाको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यालय ब्यवस्थािन समितिका अध्यक्ष रूद्र तिरूवाको अध्यक्षयतामा कार्यक्रम सुरू भएको हो । काणालिआधारभुत बिद्यालयमा बनेको भवनको उद्घघाटमा स्वागत मन्तब्य दिदै बिद्यालयका शिक्षिका
१५ लाख प्रदेस सरकार र १८ लाख गाउपालिकाबाट बिनियोजन भए पछी एक कार्यक्रमका बिच आज भवनको उद्घघाटन गरिएको हो ।कर्णाली प्रदेशका निबर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गाउँ कोटीलामा रहेको कालिका आधारभुत बिद्यालय कोटिला र कर्णाली अधारभुत बिद्यालयमा कक्षा तीन सम्मका कक्षा यथावत राख्दै केही दरबन्दी घटाएर ३५ लाख प्रदेश सरकारबाट र १५ लाख मुख्यमन्त्री रोजगारको गरेर भवन बनिसकेकाले सोही वडामा रहेका दुई टोल तिखार्ती र कोटीलाको बिचभागमा भागका पर्ने लड्काटीयामा सहिद आवासिया बिद्यालय सन्चालन गर्न लागीएको बताईएको छ । त्यहा बिद्यालय सन्चालन गर्न भवन लगाएत पुर्वाधार बन्न लागेको बताइएको छ। १२ कक्षा सम्म सहिद स्मृति आवासिय बिद्यालय लड्काटीयामा सन्चालन हुने गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !