रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सरकारी लगानि र अबिभावकको जिम्मेवारीले बिद्यालय क्षेत्र सुधार हुने : तारा न्यौपाने उपाध्यक्ष पचारझरना गाउपालिका

बिद्यालय क्षेत्र सुधार गरेर बालवालिकाको भबिस्य संग जोडिएको बिषय शिक्षामा गुणस्तरीयता ल्याउन शिक्षक अबिभावक र विद्यार्थी एक भएर अगाडि बढे मात्र सम्भव हुने पचालझरना गाउपालिकाका उपाध्यक्ष तारा न्यौपानेले बताउनु भयो ।स्थानिय सरकारको नेतृत्वमा आफू पुगे पछी गाउमा पानी थिएन एक घर एक धारामाको योजना मार्फत पानी खान पाए , गाउका सबै बिद्यालयमा पक्कि भवन बने ,टोलटोलमा सडक बने वडावडामा स्वास्थ्य ईकाई बनेको बताउनु हुदै उपाध्यक्ष न्यौपानेले बिकास भएन भन्ने कुरा केवल सत्ता र राजनितिक संग प्रतिसोद साद्नेको डाहा भएको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
कालिकोट जिल्लाको पचालझरना गाउपालिका वडा नं ९ तिखार्तिमा रहेको कर्णाली आधारभुत बिद्यालयको एक विशेष समारोका बिच नब निर्मीत भवनको ऊद्घघाटन गर्ने क्रममा आयोजित सभामा बोल्दै माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी उपाध्यक्ष न्यौपानेले पहिलो कार्यकालको जगमा भाबि सरकार अगाडीबढ्ने बताउनु भयो । पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकासको प्रमुख अतिथ्यथामा र उपाध्यक्ष चारा न्यौपानेको विशेष अतिथ्यथामा आयोजित एक बृहत् कार्यक्रमका बिच नवनिर्मित भवनको उदघाटन गरिएको थियो । कार्यक्रममा गाउशिक्षा समितिका संयोजक वडा नम्मर ४ का अध्यक्ष अनरूप रोकाया, वडा नम्मर 9 का वडा अध्यक्ष जोरे तिरूवा , वडा नम्बर ८ का अध्यक्ष डम्मरे कामी न्यायीक समितिका संदस्य गोरक्ष्य ब शाही , पालिका सुचना अधिकृत प्रकाश कठाएत , माओवादी केन्द्र पचालझरनाका अध्यक्ष पौरख बिक , गाउँ शिक्षा समितिका सदस्य प्रभुजन सन्ज्याल ,शिक्षा सम्बद्व सरोकारवालाको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यालय ब्यवस्थािन समितिका अध्यक्ष रूद्र तिरूवाको अध्यक्षयतामा कार्यक्रम सुरू भएको हो । काणालिआधारभुत बिद्यालयमा बनेको भवनको उद्घघाटमा स्वागत मन्तब्य दिदै बिद्यालयका शिक्षिका
१५ लाख प्रदेस सरकार र १८ लाख गाउपालिकाबाट बिनियोजन भए पछी एक कार्यक्रमका बिच आज भवनको उद्घघाटन गरिएको हो ।कर्णाली प्रदेशका निबर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गाउँ कोटीलामा रहेको कालिका आधारभुत बिद्यालय कोटिला र कर्णाली अधारभुत बिद्यालयमा कक्षा तीन सम्मका कक्षा यथावत राख्दै केही दरबन्दी घटाएर ३५ लाख प्रदेश सरकारबाट र १५ लाख मुख्यमन्त्री रोजगारको गरेर भवन बनिसकेकाले सोही वडामा रहेका दुई टोल तिखार्ती र कोटीलाको बिचभागमा भागका पर्ने लड्काटीयामा सहिद आवासिया बिद्यालय सन्चालन गर्न लागीएको बताईएको छ । त्यहा बिद्यालय सन्चालन गर्न भवन लगाएत पुर्वाधार बन्न लागेको बताइएको छ। १२ कक्षा सम्म सहिद स्मृति आवासिय बिद्यालय लड्काटीयामा सन्चालन हुने गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !