लामो समय नेकपा एमाले भएर राजनितिक गरेका रास्कोट नगरपालिका वडा न. ६ निवासी भुपु कालिकोट जिल्ला बिकास समिति सदस्य ( क्षेत्रपाल ) दल्जित फडेरा नेकपा माओवादीकेन्द्रमा प्रबेस गरेका छन । एमाले परीत्याग गर्दै फडेराले हालको रास्ट्रिय बिकास एजेण्डा माओवादीको भएकाले एमाले जस्तो पुरातनवादी सोचमा रहेको प्रतिगमनकारी संग रहेर बस्न नसकेर आफू माओवादी केन्द्रमा प्रबेस गरेको बताउनु भयो । नेकपा माओवादी केन्द्र रास्कोट नगरपालिका वडा नम्मर ६ ले बृहत प्रदशन पछी गरेको आमसभामा फडेराले प्रदशन गरेका छन । प्रदर्शन सहिद एक ओैपचारीक कार्यक्रममा पार्टी वडाकार्यालय उद्घघाटन समेत गरेको छ। वडा पार्टी अध्यक्ष बिर्खबहादुर थापाको अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता अमृत दर्जीले दलितको अधिकार जनयुद्वले स्थापित गरेको बताउनु भयो । आफूले नेकपा माओवादी केन्द्र संग कुनै स्वार्थ नराखेर पार्टी रोजेर अगाडी बढेको बताउनु भयो ।दलित जनजातिको अधिकारको जन्मदाता माओवादी भएकाले विशेष अधिकारको उपयोग गर्न अनुरोध गर्नु भयो ।
प्रबेस गर्नेमा लामो समय नेकपा एमालेमा जीवन बिताएका भुपु क्षेत्रपाल दलजित फडेरा , एमालेबाट अमित दर्जी ,सुचना दर्जी ,बसन्ता दर्जी ,भरत फर्साल चन्दरूप दर्जी । कांग्रेसबाट गम दर्जी ,आछीराम दर्जी , सुरूल्लि दर्जी । बिप्लव नेकपाबाट कलिमान फडेरा नेपाली कांग्रेसबाट सत्यदेबि सन्ज्यालले नेकपा माओवादी केन्द्रमा प्रबेस गरेका छन ।