एमसीसी लगाएत स्थानिय तह निर्वाचनबारे राजनितिक बैचारीक प्रशिक्षणका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुर्खेत पुगेका छन । सुक्रबार बिहान ८ बजे सुर्खेत एर्पोट पुगेका प्रचण्ड प्रेस सेन्टरले सुर्खेत विमान स्थलमा आयोजना गरेको प्रेस सम्मेलनमा भाग लिएर पार्टी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको भेलाम, प्रशिक्षणमा सहभागी भएका छन । पार्टी कर्णाली प्रदेश कमिटीको आयोजित प्रशिक्षणमा भागलिन सिटीहलमा पुगेका प्रचण्ड सामु पार्टीका १० वटै जिल्लाका पार्टी संयोजकले जिल्लाको रिपोट पेश गरेका छन । कसैले प्रचण्डलाई कन्मिन्स गर्ने खुरापाति रिपोट राखे भने कूनै जिल्लाका संयोजकहरूले सांगठानिक ,राजनितिक र आगामी निर्वाचनबारे भएको तयारीबारे जानकारी दिएका थिए । अधिकांस रिपोटकर्ताले राज्यशक्तिको बाडफाडमा , राज्यमा पहुच अधिकार क्षेत्रमा पहुच संघियाताको मर्म अनुसार ठिकैहो तर पार्टी प्रद्वतिमा पनि जाति ,क्षेत्र र लिंगका आधारमा बन्नु गलत हुने बताएका छन । उनिहरूले पार्टी अधिवेसनमा गयो तर अधिबेसनवाट सांगठानिक अन्तरबिरोधको हल भएन झन चरम सांठानिक अन्तरबिरोधको खाडलमा जाकिएको बताएका छन । जुम्लाका पार्टी अध्यक्ष वीर बहादुर कुवरले पार्टी झन अन्तरबिरोधको खाडमा परेको छ । १० बर्ष भयो आफू जुम्ला अध्यक्ष भएछ तर कहिले सम्म मसंग बिस्वास गरिराख्ने र मसंग लागीरहने त्यशैले पुस्ताहस्तान्त्रण हुनु पर्ने बताएका छन ।पुर्व देखि सदुर पुर्वका जिल्ला सम्म पर्यड खेल्नेजनमुक्ति सेना म हो तर अहिलेको पार्टी नेतृत्व बिकासले गलत नजिर स्थापना भएको बताएका छन ।पार्टीले जनमुक्ति सेनाको ईतिहास बिर्स्यो कुवरले भनेका छन ।