शनिवार पचालझरना गाउपालिका वडा नं ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाले हरेक वडामा पाच बर्षको कार्यकालमा भएको बिकास , जनताको अपेक्षा र गुनासो सुन्न हरेक वडामा सार्वजनिक सुनुवाई र प्रगति समीक्षा गरेको छ । सो क्रममा वडा नं ३ मा आयोजित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लोगजन कठाएतले सार्वजनिक गर्नु भएको प्रतिबेदनमा हरेक बर्ष गाउपालिका प्रदेश सरकार र बिभिन्न निकायवाट २० करोड ६६ लाख बजेट उपलब्ध भएको बताउनु भयो । सडक, शिक्षा ,खानेपानि कृषि ,पसुपालन र पर्यटनमा सो बजेट प्राप्त भएको अध्यक्ष लोगजनकठाएतले बताउनु भयो ।
कार्यक्रममा स्थानियले खरको छाना हटाउने कार्यक्रम कार्न्वयन नभएको , योजनामा काम गरेको पैसा पाईएन ,सुचना प्रबिधिमा समस्या लगाएतका बिषय नागरिकले उठान गरेका छन ।स्थानिय नमराज कठाएत,एैन ब कठाएत ,परेक कठाएत,करन एैडि र जस बहादुर एैडि लगाएत गुनासो राखेका थिए ।
सार्वजनिक सुनुवाई मा उठेका सवालको जवाफ वडा अध्यक्ष लोकजन कठाएत ,वडा सचिव दिल ब कठाएत, गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल ,उपाध्यक्ष तारा न्यौपानेले जवाफ दिनु भयो । कार्यक्रममा नेकपा माओवादि केन्द्रका पचालझरनाका अध्यक्ष पौरख बिकले सार्वजनिक सुनुवाई गरेर नागरिक संग संगै बसेर समीक्षा गर्ने पहिलो सरकार भएको बताउनु भयो ।
सार्वजनिक सुनुवाईमा भनाई राख्दै पभालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले नागरीक सचेतना शुसासनको पहीलो आधार मानेर प्रत्यक बर्ष वडावडामा र गाउपालिकामा सार्वजनिक सुनुवाई गर्ने पहीलो गाउपालिका भएको बताउनु भयो ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष तारा न्यौपानेले गाउपालिकामा पाच बर्षमा गरिएको बिकास जनताले बुझेको बताउनु भयो ।
जिल्ला समन्वय समितिका सदस्य एैना शाहीले बिकास रातारात हुने नभएर क्रमिक हुने प्रकिया भएकाले बिकास अथाहा भएको र त्यसको सदुपयोग हुन जरूरी रहेको बताउनु भयो ।