नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शुभकालीका गाउपालिका वडा नं २ को आयोजनामा बालाचौरमा पार्टीका वडाध्यक्ष दत्त कहादुर शाही को सभापतित्व र भक्तिराम तिमिल्सिना को संचालनमा चुनावी आमसभा कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रम मा नेकपा माओवादी केन्द्र का नेता प्रतिनिधि सभा सदस्य माननिय दुर्ग बहादुर रावत को प्रमुख आथित्यता कर्णाली प्रदेश कमिटि सदस्य जय बहादुर महतारा अटल को विशेष आथित्यता कमरेड दिपक चौलागाई शिखर गाउपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्य उपाध्यक्ष मन बहादुर शाहि नेपाल दलित मुक्ति मोर्चाका नेता बिर्खसिंह बिक लगायतका कमरेडहरुले संघियता धर्म निरपेक्षता र गणतन्त्रको एजेन्डा ले देश चलिरहेको र शुभकालिका गाउपालिकाको समृद्धि र विकासको लागी माओवादि मात्र बिकल्पको रुपमा रहेको भन्नेभनाई राख्दै आगामि निर्वाचनमा अमुल्य मतदान गर्न आग्रह गर्नुभएको थियो ।
वडाध्यक्ष मन बहादुर शाही राजेशले विगत ५ बर्षमा सरकारले गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गर्दै आगामी ५ बर्षको समृद्धि का ऐजेण्डाहरु बारे प्रकाश पार्नुभएको थियो । साथै सो कार्यक्रममा नेपालि कांग्रेस वाट शीवकला जैशी, धन बहादुर शाही, जैपुरा बीक, चीउरी परीयार नेकपा एमालेवाट दानशोभा जैशी, जमना जैशी, जयलाल जैशी र धनपती अधिकारी लगायतका कमरेडहरु माओवादि केन्द्रमा प्रवेश गर्नुभएको थियो ।