रास्काेट मा आगामि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको प्रमुख का लागि नेकपा माओबादी केन्द्रको तर्फबाट धेरै आकांक्षीहरुले दावी प्रस्तुत गरेका छन् । राष्कोट नगरपालिकामा भएको नगर कमिटि पूर्ण बैठकमा नगरको मेयरको लागि ७ जनाले दावी प्रस्तुत गरेका हुन्। जस्मा बिश्नु प्रसाद बराल(बिजय),जगत बहादुर शाही(शिखर),कालिबहादुर महतारा,मिमसरा बम(उशा),पदम खड्का (सुवास),धर्मराज शाही(पोषण),भैरे तिरुवा (लाइट)को नगर प्रमुख मा दावी देखिएका छन् ।