टिकाराज उपाध्याय कालिकाेट ~ कालिकोट जिल्लाकाे शुभकालिका गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गाेविन्द आर्चाय विजयी भएका छन्।
आर्चायले २ हजार ४ सय ९ मत ल्याएर विजयी भएका हन् । आर्चायका प्रतिद्वन्द्वी समाजवादीका पुष्पराज आचार्यले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका धर्मकला शाही विजयी भएकि छन् । शाहीले २ हजार ३४ मत प्राप्त गरेकि छन् ।
शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका लछु चौलागाईले १ हजार ३ सय ६१ मत प्राप्त गरेकि छन् । शुभकालिका गाउँपालिकाको वडा नं. १, ५ र ७ नेपाली कांग्रेस, २,६ र ८ मा माओवादी केन्द्र ३ मजदुर किसान र ४ मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् ।