९ वटा पालिका र ८२ वटा वडा रहेको कालिकोटमा ४ वटा स्थानिय तहमा मतपरिणाम घोषणा भएको छ । आजै भएको मत परिणाम घोषणा अनुसार कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार संकर उपाध्याय बिजयी भएका छन भने उप प्रमुखमा नेकपा एमालेका महेन्द्र शाहि बिजयी भएका छन । एमाले र कांग्रेस गठबन्धन रहेको तिलागुफामा माओवादि केन्द्रका उम्मेद्वार दिनेस चदारा र उप प्रमुखमा माओवादी केन्द्रकै गिता वलि थापा लाई पराजित गर्दै न्यौपाने र शाही बिजयी भएका हुन । उता पलाता गाउपालिकामा माओवादी केन्द्रका बिष्णु रोकाया गाउपालिका अध्यक्ष मा बिजयी भएका छन । उपाध्यक्षयमा पनि माओवादि केन्द्रकै अलैपुरा जैसी बिजयी भएका हुन । ९ वडा रहेको पालिकामा ६ वडा प्यानल सहित पालिकामा बिजयी भएको हो ।पलाता गाउँ पालिका अध्यक्ष बिस्णु रोकाया(इन्द्र) २२९२ र उपाध्यक्ष अलैपुरा हमाल( जैशि)१७४३ मतका बिजयी हुनु भएको हो
कालिकोट सदरमुकाम रहेको खाडाचक्र नगरपालिकामा माओवादि केन्द्रको साथ लिएर स्वतन्त्र उम्मेद्वार कमल बहादुर शाही नगर प्रमुखमा बिजयी भएका छन । उप प्रमुखमा भने माओवादी केन्द्रका गणेश शाही आकास बिजयि भएका छन । ११ वटा वडा रहेको खाडाचक्रमा ६ वडा प्यानल सहित माओवादि कार्यापालिकामा प्रमुख दल बनेको छ भने दुई वडा समाजवादि र दुई कांग्रेस , एक एमालेले बिजय हासिल गरेको छ । एमाले उम्मेद्वार जसि पाण्डे र कांग्रेसका उम्मेद्वार तारा शाहालाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार कमल शाहीले बिजयी हासिल गरेका छन ।
सान्नि त्रिर्बेणि गाउपालिकामा स्वतन्त्र उम्मेद्वार बिजयी भएका छन । आज राति अबेर सम्पन्न मतगणना अनुसार
स्वतन्त्र तर्फ अध्यक्ष मोहन केसि (महेश)१८२२ प्राप्त गरि बिजयी हुनु भएको छ ।उहाका प्रतिद्वन्दि
माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १३२५ मत प्राप्त गर्नु भएको हो ।उपाध्यक्ष तर्फ
नेकपा एमालेका पार्वती सिंह १६८१ मतले बिजयि हुनु भयो भने उहाका निकटतम प्रतिद्वन्दी
नेपाली काङ्ग्रेसका पशुबिना बमले १२१२ मत प्राप्त गर्नु भयो त्यस्तै नरहरिनाथ गाउपालिकामा कांग्रेस उम्मेद्वारा नगेन्द्र बिष्टको अग्रता कायम छ भने उपाध्यक्षमा माओवादी केन्द्रका कमल शाहाले अग्रता लिईरहेका छन त्यहा पनि मतगणना अन्तिम चरणमा छ । सुभकालिका गाउपालिकामा माकेका गोबिन्द्र अाचार्य र उप प्रमुखमा कांग्रेसका धर्मा शाहिले बिजय हासिल गरेका छन । गोबिन्द आचार्यले २४०९ मत र धर्मा शाहिले रूख चिन्हमा २०३४मत प्राप्त गरि बिजयी भएका हुन उनका प्रतिद्वन्दी एकीकृत समाजवादिका पुस्पराज आचार्याले १५९५ र उपाध्यक्षमा एमालेकि लक्ष्मि चौलागाइले १३६१ मत प्राप्त गरेका छन । पचालझरनामा मत गणना बिवादका कारण ढिलो गरि सोमबार बेलुका ४ बजेमात्र सुरू भएको थियो । अहिले सम्म त्यहाको मतगणना अनुसार वडा न १ मा माओवादी केन्द्रको प्यानेल बिजयी भएको छ । माओवादी केन्द्रका बिर्ख लुवारको प्यानल बिजयी भएको छ । वडा नम्मर दुईको मतदान केन्द्रमा भएको बिवादका कारण दलहरू बिच सहमति जुटे पछि शोमबार ४ बजेबाट मतगणना सुरू भएको हो । उता रास्कोटमा जारि रहेको छ । रास्कोट १ र २ नम्मर वडामा भने माओवादी केन्द्रको प्यानेल बिजयी भएका छन । १ मा उदयराम आचार्य तपेन्द्र र २ मा धुर्व सिम्खाडाको प्यानेल बिजयी भएको हो ।