पदभारग्रहण संगै पालिका प्रमुख ,उप प्रमुख र वडा अध्यक्षहरूले कामको थालनि गरेका छन । पदभारग्रहण संगै बिहानिले दिउसोको संकेत गर्छ भनेझै कतिपय वडाअध्यक्षहरूले कामको थालनि संगै केही नया कामको थालनि गर्ने संकेत देखाएका छन । स्थानिय तह निर्वाचन २०७९ बाट अधिकांस पालिका प्रमुख ,उप प्रमुख र वडा अध्यक्ष युवा छन । उनिहरूले कामको थालनि संगै नयाकाम हुने अपेक्षा नागरीकले गरेका छन । बिषेस गरि युवा जनप्रतिनिधिले शुसासनमा कुनै कसुर बाकि नराखुन भन्ने नागरीक अपेक्षा छ । सबै काम खुल्ला र पार्दर्सीता होस भन्ने अपेक्षा बोकेका नागरीकहरूले युवामा भाबि राजनितिक भबिस्य रहेकाले केही सुधार हुने अपेक्षा नागरिकको छ ।रास्काेट नगरपालिकाका ५ का वडा अध्यक्ष मनतिरूवाले पदभार ग्रहण गरे संगै महत्त्वपूर्ण निर्णय गरिएकाे छ । वडामा बालसंरक्षण काेष सञ्चालन गरि असाय अनाथ( आमा बाबू नभएका) ५ जना बालबालिकाहरुलाई वडाले अभिभावकत्व लिने र वडाका सम्पुर्ण घरलाई एक घर एक घारा निर्माण गरि स्वाच्छ खानेपानिकाे पहुँच योजना रहेको बताएका छन वडा कार्यालयका सम्पुर्ण काम काज सामाजिक सुरक्षा तथा ब्यत्तिगत घटना दर्तालाइ पुर्ण अनलाइनमा लिइ डिजिटल वडा धाेषणा गरि कार्यन्वयन गरिने तिरूवाको भनाई छ ।
वडाका सम्पूर्ण संरचना निर्माण गर्दा बालमैत्रि अपांगतामैत्रि र खेलाैना सामाग्री कक्ष सहितकाे ब्यबस्थापन गर्न पहल गरिने बताईएको छ । RCP बजार देखि रास्काेट अस्पताल गाैतु सम्म सडक यथासिग्र सञ्चालन ल्याइने तिरूवाको एजेण्डा रहेको रास्कोट नगरका कर्मचारी हुकुम शाहीले बचाउनु भयो ।
तिरूवा यश अघि लामो समय विभिन्न एन्जिओ र आइएन्जिओमा काम गरेर अनुभव समालेका एक अनुभबी वडा अध्यक्ष मानिन्नछन । यश अघिको नगर कार्यपालिका सदस्य समेत रहेका तिरूवा दलित समुदायका एक शिक्षित युवा नेता पनि हुन ।नगरका पन्जिकरण साखा कर्मचारी हुकुम शाहीले एक स्टाटस लेख्दै मनतिरूवाको पदभारग्रहणलाइ जोडेर नमुना वडा बनाउनेमा आफू बिस्वस्थ रहेको बताउनु भयो ।तिरूवाले भदभारग्रहण संगै पुर्व वडाका जनप्रतिनिधिलाई बोलाएर साक्षत्कार गरेका छन भने एक लोहोटा उपहार दिएर बिधाई गरेका छन । पदभारग्रहणमा पुगेका हुकुम शाहीले नवनिर्वाचित वडा अध्यक्ष मन तिरूवालाई बधाई दिएका छन ।