कालिकोटको राजनितिक र शैक्षिक अगुवा शिक्षक नयरूप धमालालाई बिद्यालयले एक ओैपचारीक समारोहको आयोजना गरि बिधाई गरेको छ । खास गरि २०४८ सालमा शिक्षक पेसा अगालेका धमाला कालिकोट एमाले बिस्तारका संस्थापक नेता पनि मानिन्छन । तत्कालिन बडिमालिका माबिका प्रधाना ध्याक रहेका हरी प्रसाद आचार्यबाट कम्युनिष्ट बिचार पाएर कालिकटमा कम्युनिष्ट बिचार अगालेका संगठित शिक्षक धमाला हाल पनि एमालेमा आबद्व छन । एमालले बेलाबेला उनलाई संस्थापक भनेर सम्मान दिए पनि उनलाई ओैपचारी राजनितिक अवसर र सम्मान भने दिन सकेको छैन । ४८ साल देखि कालिकोट मुम्रामा शिक्षक पेसा समालेका धमालाको एउटै विद्यालयको सहकर्मी आसा केसी संग २०४९मा बिवाह बन्धनमा बाँधिएका थिए । स्वैच्छिक अवकास लिएका धमालाले खुल्ला राजनितिकमा आउने उधेश्यले स्वक्षिक अबकास लिएको देखिन्छ ।बिद्यालको एक कार्यक्रममा रास्कोट न पा का प्रमुख धर्मराज शाही पोषण र उपप्रमुख मनिराज बरालले सम्मान सहित बिधाई गर्नुभयो । विद्यालय परिवारको तर्फबाट उहाँको बिदाई गर्न कार्यक्रमको आयोजना गरिएको प्रधाना ध्यापक सन्तराज शाहीले बताउनु भयो ।अध्यनमा लगनशिल र तीखो बुद्वि र क्षमता भएका शिक्षक धमाला विद्यार्थी जिवनमा
कहिल्यै दोश्रो नभएका असल विद्यार्थी थिए ।
नयरुप धमालाले स्वच्छिक अवकास लिएपछि कालासिल्ला माबिले नवनिर्बाचित रास्कोट नगरका मेयर धर्मराज शाही (पोषण), उपमेयर मनिराज बरालको उपस्थितिमा एक कार्यक्रम गरि बिधाई गरिएको प्रधानाध्यापक सन्तराज शाहीले बताउनु भयो ।