- स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ( पोषणले पालिकाको सम्बृद्वि र बिकासका लागि मोडेल तयार गरीने बताउनु भयो । आईतबार रास्कोट नगरको पहीलो कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्दै नगर प्रमुख शाहीले रास्कोटको बिकास र सम्बृद्वीका लागि गाउका किसान देखि संघिय राजधानि सम्मका रास्कोट बासि बुद्वीजिबि ,राज्यको उच्चओदामा बसेका दिग्गज ब्यक्तित्वहरू संग परामर्ष गरेर अगाडि बढ्ने बताउनु भयो । नगर सरकारको प्रमुखहरूको जिम्मेवारी समाले संगै नगर प्रमुख शाहीले आफ्ना ओैपचारीक कामकार्वाही सुरू भएको भन्दै देश बिदेशमा रहेका रास्कोट बासीले रास्कोटको सम्भावना र बिकास मोडलका बिषयमा सुझाव दिन सजिलो होस भनेर रास्कोट सुचना केन्द्र स्थापना गरि नगरकै एक छुट्टै टेलिफोन टोलफ्रि नं लिन लागीएको बताउनु भयो । उहाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नगरको बिकास र सम्बृद्वीका लागी सुङाव दिन आग्रह गरेको नगर प्रबक्ता धन बहादुर धामिले बताउनु भयो । नगर प्रमुख शाहीले निर्वाचन जिते पछी नगरका सबै वडाहरूमा मतदातालाई धन्यवाद दिएर सके पछि प्रदेश राजधानि सुर्खेत र संघिय राजधानि काठमाण्डौमा एक विशेष भेला गरेर रास्कोटको बिकास र आजको आबश्यक्ताका बिषयमा सुझाव लिने सोच रहेको प्रतिक्रिया दिनु भयो ।
यहि १८ र १९ गते माओवादी केन्द्रको केन्द्रीय योजना अनुसार देशभरीकै निर्वाचन समीक्षा र सत्ता सन्चालनका बिषयमा प्रशिक्षण गर्न पालिका प्रमुख र उप प्रमुखलाई संघिय राजधानि बोलाएको छ ।सोही शिलशिलामा नगर प्रमुख शाहीले सुझाव संकलन गोष्ठि आयोजना गरिने बताउनु भयो ।