रास्काेट ~नया बर्थिङ सेन्टर मा पहिलाे बच्चा जन्मायिन न्याैपाने ले
भर्खरै संचालनमा आएको विकल्प स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रको बर्थिङ सेन्टरले काम थालेको छ । रास्कोट नगरपालिका वडानम्बर ८ को सेन्टरले पहिलो पटक सफलता पूर्वक बच्चा जन्माउन सफल भएको छ ।
आइतबार विहान ५ बजेर ३७ मिनेटमा रास्कोट ८ पलातीवाडाकी राजु न्यौपानेले पहिलो बच्चाका रुपमा छोरीको जन्म दिएकी हुन् । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका इन्चार्ज कृष्णप्रसाद बरालले बताए ।
गाउँमै डेलिभरी सेवा संचालनमा आएपछि गर्भवती महिलालाई सजिलो भएको छ । यसअघि डेलिभरी हुन २ देखि ३ घण्टाको पैदल यात्र गर्न पर्ने बाध्यता थियो । बर्थिङ सेन्टर संचालनमा आएपछि उक्त बाध्यताको अन्त्य भएको छ ।
यहि जेठ १४ गते नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेको आर्थिक सहयोग र मोटिभेट न्यूजका संचालक÷सम्पादक शोभराज बरालको सहजिकरणमा बर्थिङ सेन्टर संचालनमा आएको थियो । केन्द्रका इन्चार्ज बरालको आग्रहमा बर्थिङ सेन्टर संचालन गर्ने योजना सफल भएको खबर कर्णाली लाई केन्द्रका ईन्चार्ज बराल ले जानकारि दिएका छन ।