कालिकोट ~ रास्कोट नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग रास्कोट नगरपालिका को समन्वयमा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट द्वारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत प्राथमिक उपचार तथा प्रथम प्रतिकर्ता सम्बन्धि दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त रास्कोट नगरपालिका , नरहरिनाथ गाउपालिका र सान्नित्रीबेणि गाउपालिकाका पालिका बिपद ब्याबस्थापन समिति का सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो।
तालिमको उद्देश्य आकस्मिक अवस्थामा तुरुन्तै आवश्यक सहयोग प्रदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई घाइतेको प्रारम्भिक उपचार, दुर्घटना व्यवस्थापन, मुटु तथा श्वासप्रश्वास सम्बन्धि आपतकालीन सहयोग (CPR), रक्तस्राव नियन्त्रण लगायतका महत्वपूर्ण विषयहरूमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षकहरूले विपद् तथा आकस्मिक अवस्थाहरूमा समयमै गरिने प्राथमिक उपचारले ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। सहभागीहरूले पनि तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको समापनमा बोल्दै रास्कोट नगरपालिका उप प्रमुख मनिराज बरालले समुदाय स्तरमा सचेतना वृद्धि गर्नुका साथै सुरक्षित समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको बताउनु भएको छ। समचारका लागि टिकाराज उपाध्याय रास्कोट










