दुखत घटना कालीकोट जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी आमा बच्चाको मृत्यु । बिशेषज्ञ सेवा ? ,सोमबार दिउसाे अस्पताल पुगेकी महिलाको भिडियो एक्सरे समेत भयो उनलाई घर पठाइयो तर राति पुन अस्पताल पुगिन र बिहान ९ बजे मात्रै आमा बच्चा मृत घोषणा भए। सरोकारवालाको ध्यान जान जरूरी छ या हामी बिरामी हुदा अस्पताल नजाने हो ,कालीकोट जिल्ला अस्पताल प्रति गम्भीर प्रश्न खडा भएको छ । सुत्केरी हुन सुबिधा सम्पन्न भनिएको जिल्ला अस्पताल कालीकाेट पुगेकी आमा शिशुको मृत्यु भएको छ । कालीकोट जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको हो । सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका वडा नं ५ की २८ वर्षिया पुन्नकली विक र उनको पेटको बच्चाको मृत्यु भएको हो । सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काली कोटले जनाएको छ ।
पुन्नकलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । तर अस्पतालले चेकजाँच गरेर उनलाई घर पठाउने काम अस्पतालले गरेको मृतक बिकका आफन्तले जनाएका छन ।आमा बच्चालाई सकुसल भनेर घर पठाईएकि पुन्नकलीलाई राति पुन सुत्केरी ब्यथा लागे पछि राति नै जिल्ला अस्पताल पुर्याएका थिए । पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको सजिलो उत्तर अस्पतालको छ ।
पुन्नकलीलाई बचाउनको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानले रगत समेत दिएका थिए तर बचाउन सकिएन डीएसपी सिद्धराज न्यौपानेले बताउनु भयो । यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको अस्पतालले बताएको छ ।बिकका लागि नेपाल सरकारको राष्ट्रपति सुत्केरी उद्वार कार्यक्रम संघसंस्थाकाआमा बच्चा सुरक्षा र सुरक्षित प्रसुति जस्ता कार्यक्रमले छुन सकेन । यस अघि उनी बाट जन्मेका बालबालिका टुहुरा भएका छन । मृतक बिकको घरबाट मृत्यु भएको अस्पताल पुग्न जम्मा आधा घन्टाको समय लाग्छ । उनको घर यातायातका दृष्टीले एम्बुलेन्स सजिलै जान सक्छ , अस्पताल सम्म पुगेका जटिल अबस्थाका बिरामीलाई स्वास्थ्य संस्थाले माग गरे हेलि ब्यवस्थापन हुन्छ ति सबै पहल हुन नसक्नु र जिल्ला अस्पताल जस्तो सुबिधा सम्पन्न अस्पतालमा जहाँ बिशेषज्ञ डाक्टर समेत रहेको अबस्थामा सुत्केरीको मृत्यु हुनु दुखदायी हो जानकारहरूले बताएका छन एस बिषयमा जिल्ला अस्पताल प्रमुख डाक्टर रत्नबिर सुनारसंग बुझ्न खोज्दा उपचारमा संलग्न डाक्टर रत्नबिर सुनारले फोन उठाएनन् भने सूचना अधिकारी कटक महतले ओैपचारी कुरा गर्न मानेनन् ।
महतको सहयोगमा उपचारमा संलग्न अर्का डाक्टर निरज यादवसंग भएको कुराकानीमा डाक्टर यादवले सुत्केरीको नर्मल अबस्थामै एक्कासी ज्यान गएको बताउनु भयो । सोमबार भएको भिडियो एक्सरेमा उनको पेटको बच्चा र आमाको अबस्था नर्मल थियो त्यसैले डाक्टर रत्नबिर सुनारले नै चेकजाँच गर्नु भएको हो तर पुन राति अस्पताल पुग्दा बच्चा मरिसकेको थियो । नर्मल अबस्थामै रहेकाले हामीले अरू थप बिषयमा सोचेनौ एक्कासी मृत्यु भयो डाक्टर यादवले भन्नू भयो ।