असार ४ कालिकोट : रास्कोट नगरपालिका वडा नम्बर ५ मा जलवायु ऊर्जा तथा वातावरण कार्यक्रम अन्तर्गत जलवायु परिवर्तन न्यूनीकरणका साथै महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार गर्नका लागि सुधारिएको चुलो वितरण भएको छ।
रास्कोट नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा चुलो वितरण कार्य गरिएको हो । करिब दुई हजार घरधुरी लाई वितरण गर्ने योजना रहेको छ। पहिलो प्रथामिकतामा दलित र विपन्न परिवारलाई राखिने नगरप्रमुख ले बताउनुभएको छ।
कार्यक्रममा सभाअध्यक्ष मन तिरुवा प्रमुख अतिथिमा नगरप्रमुख धर्मराज शाही “पोषण” र विशेष अतिथिमा नगर उपप्रमुख मनिराज बराल लगायतका विभिन्न जनप्रतिनिधि हरूको बिचमा चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख धर्मराज शाही “पोषण” ले ” दाउराको प्रयोग कम गर्ने र जलवायु परिवर्तन न्यूनीकरणमा पनि सेवा दिने वन जंगल फडानी हुनबाट केही हद सम्म जोगिने” बताउनुभएको छ।