कालिकोटको रास्कोट नगरका प्रमुख धर्मराज शाही ( पोषण) ले कर्णाली प्रदेस सरकारले रास्कोट नगरमा संन्चालन गर्ने बिकास योजनाका बिषयमा छलफल थाल्नु भएको छ । कर्णाली प्रदेस राजधानि सुर्खेतमा रहेका नगर प्रमुख शाहीले प्रदेस सरकारका विभिन्न निकायका विभिन्न प्रमुख ब्यक्ति संग छलफल गर्नु भएको छ । नगर प्रमुख शाहीले पुर्व मुख्यमन्त्रि महेन्द्र शाहीको कार्यकालका बजेट बिनियोजन भएका बहुबर्सीय ठेक्का प्रक्रियामा रहेका बिभिन्न महत्वका योजनाबारे छलफल गर्नु भएको हो । प्रदेश सरकारले रास्कोटमा सान्तिघाट आरसिपि सडक खण्ड कालोपत्रे , रास्कोटमा प्रदेश निर्वाचन क्षेत्र सहिद स्मृति अस्पताल , लालुलैफु सडक निर्माण र शिक्षा ,स्वास्थ्यका बिषयमा छलफल गर्नु भएको हो । सुर्खेतमा रहेका नगर प्रमुख शाहीले कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीसंग उहाकै कार्यकक्षमा भेटेर रास्कोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा चासोका साथ छलफल गर्नु भएको हो । भेटमा सामाजिक बिकास मन्त्रा सचिलयका सचिव काप्री्ले शिक्षा क्षेत्रमा सुधार गर्न शैक्षिक संस्था सुधार गर्नु पर्ने र त्यसका लागि प्रधाना ध्यापक जिम्मेवार बनाउन जरूरी रहेको बताउनु भयो ।त्यसका लागि सामुदाायीक बिधालयमा नर्सिङ शिक्षा दिने र प्रधाना ध्यनपकलाई बिद्यालयमै आभासीय सुबिधा दिनु पर्ने बताउनु भयो । अब स्थानिय सरकार संग सहकार्य गरेर शिक्षाको अबस्था सुधार हुने सचिव काप्रिको भनाइ छ ।