कालिकोट-जिल्लाको नरहरीनाथ गाउँपालिकामा,प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल द्धारा विपन्न परिवारका ३ जनालाई बाख्रा र खुद्रा सामान सहयोग गरेको छ । सादा नेपाल द्धारा संचालित बाल प्रत्याभुत संचार व्यवस्थापन कार्यक्रम अन्तरगत विपन्न समुदायको जिविको पार्जन सुधारका लागी भन्दै एस.सि बालवालिकाका २ जना अभिभाबकलाई बाख्रा र १ जनालाई खुद्रा सामान मंगलबार नरहरीनाथ गाउँपालीका अध्यक्ष नगेन्द्र बहादुर विष्ट द्धारा सहयोग हस्तान्त्रण गरियको छ । नरहरिनाथ गाउँपालीका वडा नं २ कि निशा बिकलाई ७ बाख्रा,वडा नं ३ का प्रेम बिक लाई ८ बाख्रा र वडा नं ४ का लाल बहादुर सहकारीलाई खुद्रा सामान गाउँपालिकाको रोहबरमा हस्तान्त्रण गरियको छ । सहयोग हस्तान्त्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बिपन्न तथा गरिब परिवार भित्र जन्मियका स्पोन्सरसिप बालवालिकाहरुको जिवनस्तर सुधारका लागि भन्दै उनिहरुको अभिभावकलाई बाख्रा र खुद्रा सामान सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गदै सहयोग प्राप्त गर्ने व्यक्तिहरुलाई इमान्दारीता र लगनसिल्ताका आधारमा व्यबसायमा लाग्न आग्रह गर्नुभयो ।
संस्थाले गाउँपालिकाको रोहबरमा यति ठुलो सहयोग गरेको छ । यो सहयोगले आफ्नो परिवारको जिवनशैलिमा सुधार ल्याउने गरेर आफ्नो व्यवसायलाई फस्टाउन आग्रह गर्नुभयो । यस्तै सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले बालवालिका,शिक्षा,स्वास्थय लगायतका सामाजिक क्षेत्रमा सादा नेपालले काम गर्दै आएको बताउनु भयो । विगत ३ वर्ष देखि प्लान इन्टरनेश्नल नेपालको सहयोगमा रास्कोट नगरपालीका,शान्नि त्रिबेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालवालिको क्षेत्र,लैंगिक भेदभाब न्यूनिकरणको क्षेत्रमा काम गर्दै हरेक नागरिकलाई जबाफदेहि र शुसुचित पार्नेकाम गरेको छ । यस्तै स्पोन्सरसिप कार्यक्रम अन्तरगत ३ वटै पालिकाका ४ हजार भन्दा बढि अति बिपन्न,अपांगता भयका स्पोन्सरसिप बालवालिकाहरुलाई बिभिन्न शैक्षिक सामाग्री,बिरामि भयपछि मेडिकल सहयोग,खेल सामाग्री पनि सहयोग गर्दै आयको योगीले बताउनु भयो । सहयोग पायपछि निशा बिकले खुसि हुदै भन्नुभयो,हामि व्यवसायिक बन्न चाहन्थ्यौ तर आयश्रोत जुटाउन सकेनौ,घरमा एक अपांग छोरि छ,घर खर्च जुटाउन धौ धौ थियो तर आज सादा नेपालले यति धेरै ठुलो सहयोग गरेपछि अभिभाबक पायको महसुस भयको बताउनु भयो ।
यो बाख्रा पालन व्यवसायलाई म निरन्तर अगाडि बढाउछु र यसैबाट भयको आम्दानिले घर खर्च र छोरिको पालनपोषण र पढाईलेखाइमा ध्यानदिने बतानुभयो । स्पोन्सरसिप बालवालिका भित्रकै सबैभन्दा कम्जोर अबस्था भयको परिवारहरुको आय आर्जनमा बृद्धि ल्याउन सादा नेपालले बाख्रा र खुद्रा सामान सहयोग गर्ने गरेको सादा नेपालका स्पोन्सर अफिसर पदम बहादुर विष्टले बताउनु भयो । नरहरीनाथ गाउँपालिकामा ३ जना,शान्नि त्रिबेणी गाउँपालिकामा १ जना र रास्कोट नगरपालीमा १ जना गरि ४ जनालाई बाख्रा र १ जनालाई खुद्रा सामान सहयोग गरेको बिष्टले बताउनु भयो । उक्त कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर शाह,वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर विष्ट,वडा नं ३ का वडा अध्यक्ष कटक बहादुर बुढा र ४ का वडा अध्यक्ष नन्दाराम सहकारी लगायतको उपस्थिती रहेको जनाईएको छ ।