रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

शान्नीत्रिर्वेणीका अध्यक्ष केशीद्धारा कारागारका कैदीबन्दीसंग भेटघाट , बन्दी जिवनको उच्च सम्मान गर्ने केशीको भनाइ

शान्नीत्रिर्बेणी गाउँपालिका अध्यक्ष मोहन केशी( महेश)ले कालीकोट कारागार साखामा पुगेर त्यहाँ रहेका कैदि बन्दीसंग साक्षत्कार गर्नु भएको छ । कालीकोट कारागारमा रहेका कैदीबन्दीहरुलाई फलफुल, एक ,एक वटा कुल्केट ,ब्रुस साबुन लगाएत सरसफाइ सामग्री लिएर कारगार पुग्नु भएका पालिका अध्यक्ष केशीले कैदीबन्दी संग साक्षत्कार गर्दै गल्तीकम्जोरी के हो कानुनको नजरमा होला तर समग्र मानबियताका हिसाबले मानव जीवन सबैको एउटै हो भन्ने हिसाले आफु भेटघाटमा आएको बताउनु भयो । अध्यक्ष केशीसंगको साक्षत्कारमा कैदी बन्दीहरुका तर्फबाट दाहाका कपिल शाहीले देशमा बजेट भाषण हुन्छ वर्षेनी कर्माचारीको तलव बढेको सुनेका छाै,महंगी बढेको सुनेका छौं हामीलाई पनि महंगीले छोएको छ तर कैदी बन्दीले पाउने सिदाभत्ता वर्षाै भयो कहिल्यै बढ्न नसकेको भन्दै सुख दुख साट्न कारागार सम्म पुगेकोमा अध्यक्ष केशीलाई धन्यवाद दिएका छन । उनिहरुले अध्यक्ष केशी कालीकोटको एक फरक पहिचाहनको ब्यक्ती भएको बताएका छन । उनिहरुले राजनितिक दल र कुनै आरोप प्रत्यारोप भन्दा पनि निश्पक्ष र सबैको सामुहिक बलबाट निर्वाचत अध्यक्ष भएकाले आगामी दिनमा उच्च राजनतिकि सफलताको कामना गर्नु भयो । बन्दी जीवन बिताइरहेका शाहीले अध्यक्ष केशी समक्ष कैदिबन्दीहरुलाई आबश्यक पर्ने माग पनि राख्नु भयो । उहाँले टिभि, ब्यडमिन्टन, बास्केट बल र जाली चेस, गित बजाउने डिजे ,उफर ,मादल उपलब्ध गराइ दिन अनुरोध गर्नु भयो । महिला बन्दीहरुले नेपाली चेलीहरुको तिज नजीकिएकाले आफुलाई गीत बजाउने उफर लगाएत तिज सामग्री ल्याएर सहयोग गर्न आग्रह गर्नु भयो । अध्यक्ष केशीको साथमा रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की, माओवादि केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य मिठ्ठु बम  अध्यक्ष केशीका सचिव सौगात केशी लगाएत पत्रकारहरु कारागार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !