रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

शुभकालिका ४ मा बजार व्यावस्थापन तथा मदिरा नियन्त्रण गर्न समिति गठन

जिल्लाको शुकालिका गाउपालिका वडा न ४ राराकाटीयामा बजार व्यवस्थापन तथा मदिरा नियन्त्रण समितिको गठन गरियको छ । शुभकालिका वडा नं ४ का वडा अध्यक्ष प्रदिप चौलागाइको रोबहरमा आज बसेको सर्ब पक्षिय बैठक बाट १३ सदस्यि बजार व्यावस्थापन तथा मदिरा नियन्त्रण समिति गठन गरि मदिरा नियन्त्रण अभियानको सुरुवात गरियको छ । युवा क्लवका अध्यक्ष लोकेन्द्र शाहिको संयोजकत्वमा सुकाटिया प्रशरी चौकिका हवल्दार विष्णु पौडेल ,उक्त वडाका सामाजिक परिचालक हस्त रोकाया किशोरि समुहका अध्यक्ष राराकाटिया स्वास्थ्य चौकिका सहइन्चार्ज खगेन्द्र चौलागाइ का साथै वडाका जनप्रतिनिधिहरु लगायतका १३ सदस्य प्रतिनिधित्वमा समिति गठन गरियको हो । मदिराजन्य पदार्थले वडामा हुने हानिनोक्सानी लाइ रोक्न र युवाहरुको ध्यानलाइ सकारात्मक बाटोतिर डोहोर्याउने वडालाइ शान्ती र मर्यादित बनाउने उदेश्यले यस कार्यक्रम को आयोजना गरियको वडा अध्यक्ष प्रदिप चौलागाइले बताउनु भयको छ । जथाभावि मदिराजन्य पदार्थलाइ बिक्रीवितरण गर्नैेै र खाने नानाथरि बोल्ने , अनाआवश्यक झगडा गर्ने लाइ कानुनी कारबाहिसमेत गर्ने वडामा हुने झैझगडा हिंसा हरुको न्युनिकरणका लागि यो समिति तत्पर रहने उक्त वडाका वडा सचिव नमराज चौलागाइले बताउनु भयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !