रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी केन्द्र निकट अखिलको घरजगडा कालिकोटका पनि सुरू

लसत्तारूढदल नेकपा माओवादी केन्द्र निकट बिद्यार्थीहरूको संगठन अनेरास्वबियुको केन्द्रमा देखिएको घरजगडा देशैभरी तल्ला संगठनका पनि देखिन थालेको छ । केन्द्रमा देखिएको दुई लाइन संघर्षले उग्ररूप लिए पछि एक अर्काेलाइ कार्वाही थालेको अखिल क्रान्तिकारीको आन्तरीक झगडा देसभर फैलिए संगै कालिकोटमा पनि देखिन थालेको छ । अखिल क्रान्तिकारी कालिकोटको आजको बैठक बिवादका बिच सम्पन्न भएको छ । कालिकोट अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र आचार्यको अध्यक्षयतामा र पार्टी जिल्ला कमिटी अध्यक्ष लक्ष्मि चौलागाई सैलेन्द्रको प्रमुख अतिथ्यथामा बसेको बैठकले पलाता २ निवासी संगठनका जिल्ला सचिव रहेका सुरेश प्याकुरेल र पलाता ७ का जिल्ला कमिटी सदस्य रहेका पटक बिकलाइ संगठनको साधारण सदस्य नरहने गरि निस्कासन गरेको बिज्ञप्ति मार्फत जनाएको छ । उनिहरूलाई आजको बैठक पछी जिल्ला अध्यक्ष नरेन्द्र आचार्यले बिज्ञप्ती प्रकासित गरि गएको स्थानिय तहमा पार्टीलाइ सहयोग गरेको र त्यस पछि सामाजिक सन्जालमा संगठन बिरूद्व निरन्तर उत्रेको भन्दै कार्वाही गरेको बिज्ञप्तीमा उल्लेख छ । यता सुर्खेतमा रहेका विद्यार्थी जिल्लाका नेताहरू हिक्मत सिहलगाएतले बैठक एक दिन सार्न गरेको आग्रह नमानेर मनोपलि बहुमत सचिवालयका सदस्य बाहिर राखेर बैठक आयोजना गरिएको प्रतिक्रिया दिएका छन । आजको बैठकमा संगठनका केन्द्रीय सदस्य मनसिह शाही प्रदेश कमिटी सदस्यहरू यज्ञराज शाही मीम प्रसाद ढकाल लगाएत नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !