पलाता गाउपालिकाका अध्यक्ष बिष्णु बहादुर रोकाया ( क ईन्द्र जनताका सुझाव लिन घरदैलो अभियानमा ब्यस्त रहेका छन । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य मान ब भन्डारी सहित पार्टी नेता तथा पालिका प्रमुख प्रशासकिय अधिकृत कर्मसिह बम सहित पालिका अध्यक्ष रोकाया जनताका समस्या बुझ्न गाउपालिका भरी घरदैलो अभियानमा ब्यस्त रहेका हुन ।निर्वाचन ताका आफुलाई मतदान गर्ने जनतालाइ धन्यवाद दिन र उनिहरूका सुझाव सल्लाह संकलन गरेर आगामी पालिकाको बिकास रणनिति तयार गर्न घरदैलो सार्थक हुने पालिका अध्यक्ष रोकायाले बताउनु भयो । उहाले जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधि जनतामाथि शासक बन्ने परीपार्टीको अन्तगर्ने भन्दै अध्यक्ष रोकायाले आफू जनताको रैबारे उनिहरूको कामदार भएकोले सामुुहिक नेतृत्व स्थापित गराउने बताउनु भयो ।पलाता गाउपालिकाको बिकास सडक ,शिक्षा ,स्वास्थ्य र रोजगारीका सवालमा नागरीकले रचनात्मक सुझाव दिएको रोकायाको भनाई छ । अध्यक्ष रोकाया गाउगाउमा घरदैलोमा पुग्दा जनताले भब्य स्वागत गरीरहेको प्रबक्ता तिलक बुढाले बताउनु भयो ।