रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

शैक्षिक सुधार गर्न रास्कोट नगरमा बृहत शैक्षिक गोष्ठी

शिक्षामा क्रान्ति गर्ने वचन दिएका रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ( पोषणले रास्कोटको शैक्षिक सुधारबारे छलफल थालेका छन । नगरको मुख्यालयमा आज बिहानै देखि रास्कोट बृहत शैक्षिक गोष्ठी सुरू भएको छ । शैक्षिक गोष्ठीमा नगरको शिक्षा रणनिति र शैक्षिकयोजना तयार हुने नगर शिक्षा साखाले जनाएको छ । नगर प्रमुख शाहीले विश्व शैक्षिक बजारमा खपत हुन सक्ने गुणस्तरीय शिक्षा रास्कोटका सामुदायीक बिद्यालयबाट कसरी दिने भन्नेमा बृहत् छलफल हुने बताईएको छ । गोष्ठीमा रास्कोटका तीन सय बढी शिक्षकहरू सहभागी हुने छन । मान्यता प्राप्त सरकारी प्रक्रिया पूरा गरेका शिक्षकहरूको अध्यापन गराउने सामुदायीक बिद्यालयको शैक्षिक अबस्था खस्कदो र बिना लगानिका निजि बिद्यालयको शैक्षिक स्तर गुणस्तरी हुने परिपार्टीको अन्त गर्न र बालबालिका लाई सामुदायीक बिद्यालयबाटै गुणस्तरीय शिक्षा दिन शिक्षकहरूकै बिचमा बहस गरेर निचोड निकालिने नगर सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !