रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सान्तिसुरक्षा कामय गर्न सूचनाको महत्वपुर्णभुमिका हुन्छ : डिएस्पी रिमाल

सान्ति सुरक्षा अमनचयन कायम गर्न पत्रकार र प्रहरी दुबैको समन्वयमा मात्र सम्भव हुने कालिकोट प्रहरी प्रमुख डिएस्पी जयश्वर रिमालले बताउनु भयो । बुधबार कालिकोट प्रहरी प्रमुखको कार्यभार समालेपछी जिल्लामा क्रियाशिल पत्रकारहरूसंग परिचायात्मक कार्यक्र आयोजना गर्नु भएका डिएस्पी रिमालले सान्ती सुरक्षा कायम गर्न सुचना महत्वपुर्ण भएकाले सत्यतथ्य सुचना दिन आग्रह गर्नु भयो । अहिलेको युग सुचना प्रबिधिको युग भएकाले र देखि कालिकोट प्रहरी प्रमुखको जिम्मेवारी समाल्नु भएका डिएस्पी रिमालले कालिकोटमा आफू रहे सम्म सान्तिसुरक्षा कायम गर्ने बताउनु भयो ।लागुओैसध, ट्राफिक नियम बालबिवाह, जातियबिभेद जस्ता अपराध सम्बन्धि प्रहरी साजेदारी कार्यक्रम अन्तरगत सचेतिकरणको अभियान संन्चालन गर्ने डिएस्पी रिमालले बताउनु भयो । सुचना दिन्छौ तर प्रहरीले गोप्य राख्न नसकेको पत्रकारहरूले गुनासो गरेका छन । प्रहरीले सुचना पाए गोप्य राख्नु पर्ने पत्रकारहरूको सुझाव रहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख डिएसपी जयश्वर रिमालले मानव अधिकारकाे उच्च सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । भर्खरै जिल्लामा सरुवाइ आउनु भएका प्रहरी प्रमुख रिमालले जिल्लाका पत्रकारहरुसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्ताे प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे । डियसपी रिमालले यथार्थ,सत्य,तथ्य भए तिताे पनि स्वीकार गर्न तयार हुने धारणा राख्नु भयाे । साथै उहाले कालिकाेटलाई मानव अधिकार मैत्री जिल्ला बनाउन पत्रकार र अधिकारकर्मीकाे सहकार्य आवश्यक रहेकाे वताउनु भएकाे छ । कार्यक्रममा पलाता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बम,नेपाल पत्रकार माहसंघका अध्यक्ष भरतराज बिष्ट,पूर्व अध्यक्ष कालीबहादुर मल्ल,तुलाराम पाण्डे ,उपाध्यक्ष नमराज याेगी,पूर्व सचिव रत्नबहादुर कार्की,मानवअधिकार रक्षक सञ्जालका संयाेजक डिल्लि चाैलागाईं लगाएतका पत्रकाहरुकाे सहभागिता रहेकाे थियाे। सहभागी सवैले नव आगन्तुक डियसपीलाई स्वागत र सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !