वर्तमान संविधान दिवसले नेपाली जनतालाई भाषण दिने नभएर रासन दिनु पर्ने भन्दै पलता गाउँपालिका निवर्तमान अध्यक्ष लक्ष्मण बमले खाडाचक्रमा १ मा रहेका अतिबिपन्न १३ बादी समुदायलाई १ बोरा चामल एक पाकेट तेल बितरण गरेका छन । १३ घरपरिवारलाई संविधान दिवसका अबसरमा चामल र तेल बोकेर लक्ष्मण बम सदरमुकामको बादी समुदायको बस्तिमा पुगेका थिए । दिवस मनाउन सरकारी निकाय तामझामका साथ र्याली सहित ओैपचारीक कार्यक्रम गरि रहेका बेला बम भने चामल बोकेर बादी समुदायको बस्तितिर पुगेका थिए । चामल र तेल दिएर चुलो जोह गराएका बम जब बादी बस्तिमा पुगे उनिहरूले आफुलाई चुलो बाल्न समस्या भएको बताए । भाषण त आवश्यक छैन रासन चाहिएको छ बिपन्न बहादुरे संगित प्रमीले बताएका छन ।
खाडाचक्र नगर पालिका वडा नम्बर १ मा जिल्लामा रहेका सम्पुर्ण सरकारी कार्यालयका कर्मचारी राजनीतिक दल व्यावसायी बुद्धिजीवीहरुले संविधान दिवस २०८९ तामझाम सहित र्यालि सम्पन्न गरि भाषण गरि राखेकोकै बेला बादी समुदायको बस्तिमा युवा नेता लक्ष्मण बहादुर बम पलाति कान्छाले प्रति घर एक प्याक चामल र तेल बितरण गरि सविंधान दिवसको शुभकामना दिएर फर्किएका छन ।
बमका अनुसार आफुले झण्डा ब्यानर साउण्ड सिस्टम किनेर र्यालिमा खर्च गर्नु भन्दा गरिब असाय असक्त परिवारको समस्या थोरै भएपनि राहत हुने हुदा बादि समुदायका लागि तेल र चामल बितरण गरि संविधान दिवस मनाएको बताएका छन ।
बादि समुदायका चिन बादी खानाको जोहो गर्न समस्या भएकै बेला युवा नेता बमले ठुलो राहत पुगाएको भन्दै यस्तै सम्पुर्ण नेतृत्वमा रहेका नेता सरोकारवाला निकायले वास्तविक गरिब दुखिको पिडा बुझिदिए हामि जस्ता गरिबिको अन्त्य हुने आसा ब्यक्त उनिमा छ ।