अबिरल वर्षा पछि बाढीपहिरोले गरेको क्षेतिको अनुगमनका लागि कालीकोट रास्काेटनगरका प्रमुख धर्मराज शाहीले प्रभाबित क्षेत्रको अनुगमन थाल्नु भएको छ । बाढिपहिरोले क्षेती पुगे पछि रास्काेट सरकारले अबरुद्ध बाटो तथा आवतजावतमा कठिनाइ भएका ठाउँमा काम सुचारु समेत गरेको छ ।रास्काेट आरसिपि बजार देखि सान्तिघाट सम्मको सडकक्षेत्रमा खसेको पहिरो हटाएर सन्चालनमा ल्याएको छ। अन्य क्षेत्रका सडक संन्चालनका लागि काम सुचारु गरेको बताइएको छ । रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण) का अनुसार लगातारको वर्षामा बाढिपिडित जनताको साथमा रहेर उद्वार तथा सहयोगमा जुटेको छ । उहाका अनुसार रास्काेट नगरपालिका भरी १सय १५ घरहरुमा पुर्ण क्षेती पुगेको रअन्य धनजन बाटोघाटोमा समेत समस्या आएको बताईएको छ ।। के कति क्षेती पुगेको हो भन्ने बारेमा जानकारी लिन बिपत ब्याबस्थापन समिति प्रहरी परिचालन भएको छ । प्रहरी र जनप्रतिनिधि गाउँ बस्ती पुगेर वास्तविक विवरण आउन एक दिन लाग्ने नगर प्रमुख धर्मराज लागीले खबर कर्णाली लाई बताए । नगर प्रमुख का अनुसार रास्काेट नगरपालिका का अति जाेखिम बस्ति रास्काेट ८ काे लाडिखेल्ना , बाईति र रास्का्ट ३ साघटिया बस्ति मा नगर पमुख नै घटि अनुगमन गर्नु भएकाे प्रबक्ता धामिले बताउनु भएकाे छ। रास्काेट नगरपालिकामा मानबिय क्षेती नभएको तर बाटो घाटो देखि स्कूल र खानेपानीमा समस्या आएको नगरपालिका प्रबक्ता धन बहादुर धामि बताए । यस बिपदको अवस्थामा रास्काेट सरकार जनताको साथमा रहेर सहयोग गरेको प्रबक्ता धामि को भनाइ रहेको छ ।