नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगाएत सत्तागठबन्धन दलको चुनावि आमसभा आइतवार सान्नि त्रिर्बेणिमा सम्पन्न भएको छ । सभामा बोल्ने नेपाली कांग्रेस शान्नि त्रिर्बेणिका नेता हरि चन्द्र देबकोटाले सभामा बोल्दै नेपालि कांग्रेसको बैचारीक धार समाजवादी बिचार र माओवादी केन्द्रको जनवादी बिचार एक हुन लागेको भनेर अत्तालिएको राजतन्त्र अहिले पनि चिहानवाट फर्किने सोचमा रहेको बताएका छन । माओवादी र कांग्रेसको बैचारीक प्रस्थानबिन्दु धेरै भिन्नता थिएन यी दुई मिले देशमा सम्बृद्वी आउँछ भनेर मिल्न नदिने राजतन्त्र थियो अहिले फेरि राप्रपाका नाममा संघियता बिरोधी सलबलाएको देबकोटाले बताएका छन । कांग्रेस र माओवादी युद्वबाट खारीएको शक्ति भएकाले देसमा यी शक्तिको एकताले देसको सम्बृद्वि हुने दाबि गरे । माओवादी केन्द्रका सान्नित्रिर्बेणी गाउपालिका ईन्चार्ज मिठ्ठु बम शैलजाको अध्यक्षयतामा र माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य महेन्द्र ब शाहीको प्रमुख अथित्यथामा आमसभा सुरू भएको हो ।